उर्लाबारीमा युनिसेक्स सैलुन एण्ड पार्लर साथै ट्रेनिङ सेन्टरको उद्घाटन


उर्लाबारी, १५ जेठ । उर्लाबारी नगरपालिका – ७ स्थित मिनी मार्केटको पहिलो तलामा युनिसेक्स सैलुन एण्ड पार्लर साथै ट्रेनिङ सेन्टरको आज उद्घाटन गरिएको छ ।

बिगत लामो समयदेखी उर्लाबारी र पथरीमा निल डेभिड हेयर सैलुन सञ्चालन गर्दै आउनुभएकी मिरा बस्नेतले उर्लाबारीमा ट्रेनिङ सेन्टरको रुपमा सो पार्लर संचालनमा ल्याउनुभएको हो । सो पार्लर तथा ट्रेनिङ सेन्टरको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले उद्घाटन गर्नुभएको हो ।

उहाँले उर्लाबारीमा व्यापार व्यवसाय स्थापना हुनु उत्साहजनक भएको बताउँदै सरकारले यस्ता सिपमुलक व्यवसायलाई प्रबद्र्धन गर्ने निति ल्याउन आवश्यक रहेको बताउनुभयो । रु २० लाखको लागतमा शैलुन पार्लर तथा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको संचालक बस्नेतले बताउनुभयो । उहाँका अनुसार यहाँ ३ महिनाको ट्रेनिङ लिएर दक्ष भएर व्यवसायिक समेत बन्न सकिनेछ ।

शैलुन पार्लरको तालिम लिएर व्यवसायिक समेत बन्न सकिने र वैदेशिक रोजगारमा जाँदा सिप अनुसारको काम समेत पाईने भएकाले तालिम महत्वपुर्ण रहेको संचालक बस्नेतले बताउनुभयो । उद्घाटन कार्यक्रममा बरिष्ठ लोकगायक एलपी जोशीलाई सम्मान् समेत गरिएको थियो । नेपाली सांगितिक लोकगायन क्षेत्रमा जोशीले पुर्याएको योगदानको कदर गर्दै सम्मान् पत्र र नगदसहित सम्मान् गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्