सहकारी संस्थालाई उत्पादन र व्यवसायीमुखी क्षेत्रमा लगानी गर्न जोड


उर्लाबारी, १२ जेठ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले सहकारी संस्थालाई उत्पादन र व्यवसायीमुखी क्षेत्रमा लगानी गर्न जोड दिनुभएको छ ।

पैसा बचत गर्ने, ऋण मात्रै दिएर प्रगति हुदैन नगर प्रमुख खरेलले भन्नुभयो – उत्पादनमुलक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई मुनाफा दिन सक्नु पर्छ । आज उर्लाबारी – ७ स्थित कावेली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गर्नुहुँदै नगर प्रमुख खरेलले सहकारी संस्थाले मुनाफा भन्दा पनि शेयर सदस्यको हितलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले शेयर सदस्यलाई सबल र सक्षम बनाउन सकेमात्र सहकारी संस्था पनि बलियो हुने बताउनुभयो । कार्यक्रममा प्रदेश १ को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अधिकृत तोयानाथ तिम्सिनाले सहकारीको निति नियम ऐनमा रहेर शेयर सदस्यको हितमा रहेर काम गर्न सुझाब दिनुभएको थियो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना पौडेल, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, राष्ट्रिय सहकारी बैँक उर्लाबारी शाखाका प्रमुख बिनोद चुँडाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका सञ्चालक प्रतिनिधि सुबाश पौडेलले सहकारी स्थापना गर्नुको औचित्यका विषयमा स्पष्ट पार्दै सहकारीले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।  उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको सो सहकारीले मोरङका रतुवामाई, सुनवर्षी, पथरीशनिश्चरे, बेलवारी, कानेपोखरी, सुन्दरहैचामा पनि शाखा कार्यालय खोल्ने तयारी छ । सहकारीमा हाल १२५ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्