उर्लाबारी ३ मा हेल्प डेस्क सुरु


उर्लाबारी, ११ जेठ । उर्लाबारी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गंगाप्रसाद खरेलले पदभार ग्रहण गरेसँगै निर्णय गर्नुभएको हेल्प डेस्क स्थापना कार्यक्रमको कार्यान्वयन सुरु भएको छ ।

उर्लाबारी ३ नम्बर वडा कार्यालयमा सेवाग्राहीका लागि हेल्प डेस्क स्थापना गरिएको वडा अध्यक्ष भिष्मराज बुढाथोकीले जानकारी दिनुभयो ।सो डेस्कबाट वडा कार्यलयमा आउने सेवाग्राहीहरूको विभिन्न किसिमका निवेदन ,फर्महरू निशुल्क रूपमा भरिनुका साथै सहजिकरण गरिनेछ । सो कार्यको निम्ति जनप्रतिनिधी र कर्मचारीले सहयोग गर्नु हुने वडाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्