उर्लाबारी उवासंघले पायो पुर्णता, सल्लाहकार र सदस्यमा को -को भए मनोनित ?


उर्लाबारी, २१ पुस । उर्लाबारी उद्योग वाणिज्य संघले आज पुर्णता पाएको छ । आज बसेको कार्यसमिति बैठकले सल्लाहकार मनोनित गर्दै संघलाई पुर्णता दिएको हो ।

कार्यसमिति सदस्यमा पनि ३ जनालाई मनोनित गरेको छ । बैठकले तेजकुमार रिजाल, प्रेमचन्द्र बाहेती, महेन्द्रजंग तामाङ, धर्म शाक्य र भरत भट्टराईलाई सल्लाहकारमा मनोनित गरेको छ । संघका निवर्तमान अध्यक्ष प्रितम खड्गी प्रमुख सल्लाहकार रहनुभएको छ । यस्तै बैठकले कानूनी सल्लाहकारमा बिनोद न्यौपानेलाई चयन गरेको छ ।

कार्यसमिति सदस्यमा बिनिता दाहाल, देविका सिटौला र शंकर थपलियालाई मनोनित गर्दै संघलाई पुर्णता दिएको अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । बैठकमा मोरङ व्यापार संघ अन्र्तगतको ९ वटा शाखाको संयोजकको जिम्मेवारी पाउनुभएकोमा पूर्व अध्यक्ष एवम् सल्लाहकार भरत भट्टराईलाई बधाई समेत ब्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्