सबै जातजाति र धर्मको उत्थान प्रबद्र्धनमा नगरपालिका प्रतिबद्ध : नगर प्रमुख खरेल


उर्लाबारी, ९ जेठ । उर्लाबारी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गंगाप्रसाद खरेलले सबै जातजाति र धर्मको उत्थान र प्रबद्र्धनमा नगरपालिका लागिपर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

किँरात राई यायोक्खा उर्लाबारी नगर समितिद्धारा आज  उर्लाबारी – ३ स्थित किँरात राई धार्मिक साकेला थानमा आयोजित उभौली साकेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख खरेलले नगरभित्र रहेका सबै जातजाति र धर्म संस्कृतिको उत्थान र प्रबद्र्धनमा लागिपर्ने बताउनुभएको हो ।

उहाँले आफु भर्खरै निर्वाचित भएकाले सबैसँग छलफल र अन्र्तरक्रिया गरेरै सबैको सुझाबका आधारमा अघि बढ्ने उल्लेख गर्नुभयो । सो अवसरमा किँरात राई यायोक्खा उर्लाबारीले सो स्थानमा भवन निर्माणका लागि सहयोग गरिदिन नगर प्रमुख खरेलसँग माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्