नगर प्रमुख खरेलको पहिलो निर्णय : ९ वटै वडा कार्यालयमा हेल्प डेस्क स्थापना


उर्लाबारी, ९ जेठ । उर्लाबारी नगरपालिकाको प्रमुखमा निर्वाचित गंगाप्रसाद खरेलले नगरका ९ वटै वडा कार्यालयमा नागरिक सहजिकरणका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

आज अपरान्ह नगरपालिका कार्यालयमा पदभार ग्रहण गर्दै नगर प्रमुख खरेलले ९ वटै वडाका नागरिकको सेवामा सहजिकरण गर्नका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

नगरपालिकाले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित, विश्वसनिय र प्रभावकारी बनाउन तथा नागरिकको सहज पहुँच पुर्याउनका लागि सुचना प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने पनि नगर प्रमुख खरेलले हस्ताक्षर गरेको निर्णयमा उल्लेख छ । यस्तै नगरपालिकाभित्रको तथ्यांकलाई डिजिटल गराउने पनि निर्णयमा हस्ताक्षर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्