उर्लाबारी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ


उर्लाबारी, ९ जेठ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज सपथ खुवाउनुभएको छ ।

नगरपालिकाको सभाहलमा आज अपरान्ह आयोजित कार्यक्रममा नगर प्रमुख खरेलले उपप्रमुख मिना खतिवडा पौडेलसहित ९ वटै वडाका वडाध्यक्ष, वडा सदस्यहरुलाई सपथ खुवाउनुभएको हो । नगर प्रमुख खरेलले विराटनगरमा बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख तथा मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालबाट सथप लिनुभएको थियो ।

सपथ ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले उर्लाबारीको विकाश र समृद्धिका लागि सबैसँग सरसल्लाह र अन्र्तरक्रिया गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पक्ष, प्रतिपक्ष नभनी सबै जनप्रतिनिधिको विश्वास जितेर अघि बढ्ने बताउनुभयो । नगर प्रमुख खरेलले यसअघि नगरबासीले भोग्नु परेका समस्यलाई अन्त्य गर्ने बताउनुहुँदै सबै वडाको विकाशका लागि भुगोल र जनसंख्याका आधारमा बजेट बिनियोजन गर्ने बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले जनप्रतिनिधि र कर्मचारी मिलेर नै जनताको आवश्यकतालाई पुरा गर्नुपर्ने बताउनुभएको छ ।

जनप्रतिनिधिको योजना र कार्यक्रमलाई कर्मचारीको तर्फबाट सफल बनाउन लागिपर्ने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो । निबर्तमान उपप्रमुख लक्ष्मीदेवी भण्डारीले समयको महत्वलाई ख्याल गर्दै जनताको हितमा लागि परेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुझाब दिनुभयो । नेपाली काँग्रेस उर्लाबारीका नगर सभापति सुरेन्द्र लिम्बुले नगरपालिकाको अहिलेको नेतृत्वले ५ वर्षमा उर्लाबारीको विकाश र समृद्धिमा उच्चतम काम गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले पक्ष र बिपक्ष नभनी सबैको भावना र विचारलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्