हाम्रो प्राथमिकता भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, उत्पादनमुखी र बजारीकरणमा : खड्ग बहादुर बस्नेत


हाम्रो प्राथमिकता भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, उत्पादनमुखी र बजारीकरणमा ; नमुना वडाको रुपमा विकास गर्नको लागि मेरो उम्मेदवारी : खड्ग बहादुर बस्नेत

खडग बहादुर बस्नेत स्थानीय राजनिती र समाजसेवाको लागि एक शशक्त नाम हो । विगत लामो समयदेखि राजनिती र सामाजिक कार्यमा निकै सक्रिय रहनुभएको उहाँले २०७४ सालको स्थानीय निर्वाचन पश्चात कानेपोखरी ६ को वडा अध्यक्षको रुपमा निर्वाचित भएर ५ वर्ष वडाबासीसँगै रहेर वडाबासीको समस्या, गुनासा र भावनालाई सम्बोधन गर्दै वडालाई समृद्ध र विकसित बनाउँन अग्रसर रहनुभयो । सोसँगै पहिलो कार्यकालको समाप्ती भएपश्चात उहाँले पुनः २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कानेपोखरी गाउँपालिका वडा नं. ०६ का लागि वडा अध्यक्षको उम्मेदवारी दिनुभएको छ । यसैक्रममा उहाँसँग निर्वाचनको पेरिफेरीमा रहेर गरिएको विस्तृत कुराकानी यसप्रकार छ :-

१.तपाईंको उम्मेदवारी किन ?
कानेपोखरी ६ मा समग्र विकासका लागि र ५ वर्षमा गर्दै गर्दा बाँकी रहेका कामहरूलाई पूरा गर्नका लागि मेरो उम्मेदवारी रहेको छ ।

२.बाँकी रहेका कामहरू केके छ्न ?
भूमी सुधार सम्बन्धि केही कामहरू बाँकी रहेका छन ती कामहरू, सडक निर्माण हुँदै गर्दा केही अपुरा रहेका छन । त्यस्तै, सामाजिक, आर्थिक क्षेत्रका कामहरू पनि बाँकी रहेका छन । यी सम्पूर्ण कामहरू पूरा गर्नका लागि र अब आउँने पाँच वर्ष भित्र नमुना वडाको रुपमा विकास गर्नको लागि मेरो उम्मेदवारी रहेको छ ।

३. ५ वर्षे कार्यकालमा पुरा गर्नुभएको केही सम्झनयोग्य कामहरू केके रहेका छन र यदि चुनाव जितेको खण्डमा तपाईंको योजना के  हुनेछ ?
हामी स्थानीय तहमा आउँदा ठोस कानुन बनेको थिएन । केही समय हामिलाई कानुन निर्माण गर्न नै लाग्यो । त्यस बिचमा हामीले विभिन्न महामारीलाई पनि झेल्नुपर्‍यो र पनि वडाको विकास र समृद्धिका लागि धेरै कामहरू भएका छ्न । अब हामीले बढी पुर्वाधारभन्दा मानवीय संसाधनमा जोड दिनुपर्छ । मानिसलाई कसरी आत्मनिर्भर बनाउने, कसरी आयआर्जन गर्ने, कसरी वैदेशिक रोजगारबाट रोकेर देशमै रोजगारको अवस्था सिर्जना गर्ने लगायतका विषयमा जोड दिनेछौं । अब निकास हुने बजेटमा थोरै पुर्वाधार विकासमा भने धेरै बजेट हरेक वडाबासीलाई आत्मनिर्भर बनाउँने तर्फ खर्च गर्नेछौं जस्तै भूगोल हेरेर उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिनेछौं ।
साथै, स्वास्थ्यको कुरा गर्नुपर्दा हामीले वडा नम्बर ६ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरेका छौं त्यसलाई विस्तार गर्ने, दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरू नियुक्त गर्ने लगायतमा हामी पहल गर्नेछौं साथै शिक्षालाई हेर्दा हाम्रो वडामा ४ वटा सरकारी र ४ वटा निजि विद्यालयहरू रहेका छन । हामिले यी सम्पूर्ण विद्यालयहरूलाई सम्मान व्यवहारले स्तोरोन्नतीका लागि पहलकदमी चलाएका छौं । र, सरकारी विद्यालयको स्तर दिनानुदिन वृद्धि भइरहेको छ र स्तर खस्केका विद्यालयलाई कसरी गुणस्तरीय बनाउने हामीले निरन्तर योजनाहरू अघि बढाइरहेका छौं । साथै, निजि विद्यालयहरूमा निरन्तर अनुगमन गर्ने, गुणस्तरीय शिक्षा प्रदान भएको छ वा छैन हेर्ने, राम्रो भए पुरस्कृत गर्ने, नभए सुधारका योजनाहरू ल्याउने व्यवस्था गरेका छौं ।

४. जनतामाझ गइरहँदा उहाँहरूको माग के हुन्छ?
अझ पनि गाउँघरतिर उहाँहरूको माग बाटो, कल्भर्ट, ड्रेन निर्माण वा भनौं निर्माणमै ध्यान गइरहेको हुन्छ । यो सबै हुनुको कारण लामो समयसम्म स्थानीय स्तरमा जनप्रतिनिधि नहुनु, विकास निर्माणका कामहरू ठप्प हुनु हो । अहिले हामीले वडाबासीको धेरै पुर्वाधार निर्माणका मागहरूलाई सम्बोधन गरिसकेका छौं ।

६. अब यदि चुनाव जित्नुभयो भने वडाको विकास र समृद्धिका लागि बुदाँगत योजनाहरू केके रहेका छन ?
अब हामीले प्राथमिकता दिने बुदाँगतहरू एक नम्बरमा भौतिक पुर्वाधार, दोश्रो शिक्षा र स्वास्थ्य, तेश्रो उत्पादनमुखी कार्यक्रम र चौथो बजारीकरण व्यवस्थापनमा ध्यान दिनछौं ।

७. अत्यमा, वडाबासीलाई के भन्नुहुन्छ ?
अन्त्यमा, वडाबासी सम्पूणर्लाई मैले घोषणापत्रमा उल्लेख गरेका कुराहरूलाई कडाइका साथ पूरा गर्नेछु । जनता र नेता भनेको नङ र मासुको जस्तै सम्बन्ध हुन्छ । सर-सल्लाह सुझावका साथ वडाको समृद्धितर्फ उन्मुख हुने हो । त्यसैले अबको ५ वर्ष सेवा गर्ने मौका दिनुहोस तपाईंहरूलाई गुनासो गर्ने ठाउँ दिने छैन ।

प्रतिक्रिया दिनुहोस्