१ पैसा पनि मलाई चाहिँदैन,सेवासुबिधा वडाबासीकै हितमा खर्च गर्ने उर्मिला थापाको घोषणा


उर्लाबारी, २७ बैशाख । नेकपा एमाले सुर्य चिन्हबाट उर्लाबारी वडा नं. ७ को उम्मेद्वार उर्मिला थापाले नगरपालिकाको सेवा सुबिधा वडाबासीकै सेवामा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

एक मिडियालाई अन्र्तरवार्ता दिनुहुँदै थापाले नगरपालिकाबाट प्राप्त हुने सेवा सुबिधा बापतको रकम कोष खडा गरेर वडामा रहेका बिपिन्न, असहाय नागरिकको हितमा खर्च गर्ने घोषणा गर्नुभएको हो ।

म वडाबासीको सेवामा निरन्तर ५ वर्ष लागिपर्नेछु, वडाको १ पैसा पनि मलाई चाहिँदैन । वडा नं. ७ उर्लाबारीको मुटु हो, यस वडा सोचे अनुसार अघि बढ्न सकेन, अब वडाबासीको सुझाब र सल्लाह अनुसारै वडाको विकाशमा अघि बढ्छु, थापाले भन्नुभयो । वडा नं. ७ लाई व्यापारिक, सामाजिक, धार्मिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले विकाश गर्ने योजनामा आफु रहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्