रंगेलीमा पैसा बाँडेको भन्दै कांग्रेस कार्यकर्ताको प्रोपोगाण्डा : बगडीया


विराटनगर, २४ वैशाख –  रंगेलीमा निर्वाचन जित्ने अवस्था नभएपछि नेपाली कांग्रेस प्रोपोगाण्डामा उत्रिएको नेकपा (एमाले) ले आरोप लगाएको छ । एमालेले शनिबार रंगेलीमा पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार दिलिप बगडीयाको लोकप्रीयताका कारण निर्वाचन जित्ने अवस्था नरहेपछि कांग्रेसका कार्यकर्ताहरु प्रोपोगाण्डामा उत्रिएको आरोप लगाएको हो । शुक्रबार राति रंगेली–८ स्थित चाइना गेट टोलमा एमालेका उम्मेदारको तर्फबाट मतदातालाई पैसा बाँड्न आएको झुटो आरोप लगाउँदै कांग्रेस कार्यकर्ताले हो हल्ला गरेका थिए ।

नेपाली कांग्रेसका कार्यकर्ता हेम थापाले कानुन विपरित सुचना विभाग र प्रेस काउन्सीलमा दर्ता समेत नरहेको रंगेली न्युज नामक फेकबुक पेजबाट लाइभ गर्दै मतदातालाई पैसा बाँडेको भन्दै भ्रम फैल्याउन खोजेका थिए । थापासहित कांग्रेस कार्यकर्ताहरुको समुहले एमाले कार्यकर्ताको नाटकीय ढंगले गाडीमा आफै झण्डा राखिदिएर सोही गाडीको भिडयो देखाउँदै पैसा बाँडेको झुटो अफवाह फैल्याएको एमाले रंगेली नगर कमिटीका अध्यक्ष दलबहादुर बस्नेतले पत्रकार सम्मेलनमा बताए ।

‘हाम्रो कार्यकर्ताको घरभित्र बसेर छलफल गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफै मोटरसाइकलमा झण्डा राखेर नाटकीय ढंगले यो गाडी पैसा बाँड्न आएको हो भन्दै फेसबुक लाइभ गर्दै सुनियोजित रुपमा हो हल्ला गरे ।’ उनले भने,‘हाम्रो कार्यकर्ता गाडीमा झण्डाबिनै निर्वाचनमा एजेन्ट परिचालनको विषयमा छलफल गर्न जानुभएको थियो । कांग्रेस कार्यकर्ताले आफै मोटरसाइकलको भाइजरमा झण्डा राख्दै गरेको भिडियोनै छ ।’

उनले मेयरका उम्मेदवार बगडीयाले पाँच वर्षमा गरेको काम जनताले अनुभूती गरिसकेकाले एमाले जित नजिक पुगसकेकाले विपक्षी कांग्रेस प्रोपोगाण्डामा उत्रिएको दावी गरे । ‘त्यहाँ प्रहरी प्रशासनको उपस्थिती थियो । पैसा बाँडेका भए पैसा देखिनुपर्ने थियो । पैसा फेला पथ्र्यो होला ।’ उनले भने,‘कसैको मोटरसाइकल देखाएर यो गाडी पैसा बाँड्न आएको हो भन्दै लाइभ गर्छ भने पैसा बाँडेको पुष्टि हुन्छ र ? कानुन विपरित भ्रम फैल्याउनेलाई कडा कारबाही हुनुपर्छ ।’

कांग्रेस कार्यकर्ताले प्रापोषण्डाकै लागि निर्वाचन आचारसंहिता र कानुन विपरित सञ्चालनमा ल्याएको रंगेली न्युज नामक फेसबुक पेज मार्फत एमालेको झण्डा रहेको मोटरसाइकल देखाएर पौसा बाँडेको भन्दै होहल्ला मच्चाएका थिए ।
लाइभ गरेको भिडियोमा कांग्रेसका कार्यकर्ता थापाले बोल्दै मोटरसाइकल देखाएर पैसा बाँड्न आएको भनेर हो हल्ला गरेको देखिन्छ । सोही कारण भीड जम्मा भएको अध्यक्ष बस्नेतले बताए ।

उनले कानुन विपरित उम्मेदवार विरुद्ध भ्रम फैल्याउने व्यक्ति र पार्टी उपर कानुनी कारबाही गर्न माग गरेका छन् । अध्यक्ष बस्नेतले आगामी दिनमा पनि यस्तो भ्रम फैल्याउन खोजिए, सो गतिविधि दोहरिएको खण्डमा आफ्ना कार्यकर्ताहरुले प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् । ‘हामी काुनुनी राज्यमा विश्वास गर्छौँ । यस्ता गलत हल्ला र अफ्वाह फैल्याउने व्यक्ति र पार्टीलाई प्रशासनले तत्काल कडा कारबाही गर्नुपिर्छ ।’ उनले भने ।

मौन अवधि सुरु नभइसकेको अवस्थामा निर्वाचनका विषयमा छलफल गर्न आफ्नो कार्यकर्ताको घर जानु सामान्य विषय हो । तर, एमाले कार्यकर्ताले प्रयोग गरेको मोटरसाइकललाई भिडियोमा देखाएर कांग्रेस कार्यकर्ताहरुले जबरजस्ती पैसा बाँडेको भन्दै होहल्ला गरेर भीड जम्मा गरिरहेको लाइभ भिडियोमा देख्न सकिन्छ ।

अध्यक्ष थापाका अनुसार भीड जम्मा गरेर पैसा बाँड्न खोजेको जबरजस्ती कांग्रेस कार्यकर्ताले सावित गर्न खोजेका हुन् । कांग्रेस कार्यकर्ताले गरेको लाइभ भिडियोमा पैसा बाँडेको कतै देखिएको छैन । पाँच वर्षमा गरेको कामले रंगेलीमा बगडीया निकै लोकप्रीय छन् । रंगेलीका अधिकांश जनता उनको पक्षमा छन् । तर, केही शिप नलागेपछि कांग्रेस कार्यकर्ताहरु भ्रम फैल्याउने काममा लागेको एमाले प्रदेश १ कमिटीका सदस्य मनोज अग्रवालले पत्रकार सम्मेलनमा बताए । उनले पैसा बाँडेको भन्दै भ्रम फैल्याउन खोजेर रंगेलीमा कांग्रेसले हार स्वीकार गरिसकेको बताए ।

त्यसो त पैसा बाँडेको भन्दै भिडियो लाइभ गर्ने कांग्रेस कार्यकर्ताले कानुन विपरित भ्रम फैल्याउने प्रयास गरेका छन् । झुटो अफवाह फैल्याउने व्यक्तिउपर कानुनी कारबाही हुने व्यवस्था छ । अझ दर्ता विनै सञ्चालन गरेको फेसबुक पेजबाट भ्रम फैल्याउनेविरुद्ध निर्वाचन आचारसंहितासमेत आकर्षित हुन्छ ।

पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटी सहसचिव सन्तोष साहले आफ्नो पार्टी कार्यकर्ता टोल कमिटीका पदाधिकारी र सदस्यहरुको घरमा जाँदा कांग्रेस कार्यकर्ताले हो हल्ला गरेको बताए । उनले पार्टी कार्यकर्ता भेटघाटमा जानु सामान्य विषय भएको बताए । नेता साहले पैसा बाँडेको आरोप लगाउनु पराजित मानसिकताको उपज भएको बताए । उनले आयोजना हुने पार्टीको कार्यक्रमका लागि टोल कमिटीका संयोजक जगतमान ताजपुरियाको घरमा छलफल चल्दै गर्दा कांग्रेस कार्यकर्ताहरुले मोटरसाइकलमा सुर्य चिन्ह भएको झण्डा आफै लगाएर होहल्ला गर्दै जबरजस्ती पैसा बाँडेको भ्रम फैल्याएको दावी गरे ।

फेसबुक पेजबाट सुनियोजितरुपमा लाइभ गरि हो हल्ला गर्दै शुक्रबार नेता अग्रवालको गाडी तोडफोड समेत गरेका थिए । सो टोलमा हो हल्ला भएको खबर पाएपछि नेता अग्रवाल घटनास्थलमा पुगेका थिए । अग्रवाल अघिनै प्रहरीको टोलि सो स्थानमा पुगिसकेको थियो । प्रहरी हुँदा हुदैपनि कांग्रेस कार्यकर्ताले आफ्नो गाडीमा तोडफोड गरेको उनले बताए ।
यता मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले पनि पैसा बाँडेको भन्ने हल्ला मात्रै भएको बताएका छन् । ‘आचारसंहिता विपरित गएको भनेर भएको विवाद मात्र हो । पैसा बाँडेका भन्ने हल्ला मात्र हो । पैसा बरामद भएको छैन ।’ उनले भने,‘पैसा बाँडेको भन्ने कतैबाट पनि देखिँदैन ।’

उनले केही व्यक्तिलाई पक्राउ गरिएको हल्लासमेत निराधार भएको बताए । प्रहरी उपरिक्षक कोइरालाले भिड नियन्त्रणमा लिन केही व्यक्तिलाई ‘रेस्क्यू’ मात्र गरिएको बताए । यता मेयरका उम्मेदवार बगडीयाले सो विषयमा प्रतिकृया दिँदै एमालेले सवै पदमा जित्ने सुनिश्चितता देखेर आफ्ना प्रतिष्पर्धीले हतास मानसिकताको उपजका रुपमा यस्तो अफवाह फैलाएको बताए । उनले आफुले पैसा बाँडेको भेटिए उम्मेदवारी नै त्यागिदिने घोषणा गरेका छन् । ‘मैले पैसा बाँडेको प्रमाण देखाउनुपर्याे । हल्लाको भरमा मतदातालाई भ्रममा पार्ने काम हतास मानसिकताको उपज हो ?’ उनले भने,‘मैले बाँडेको पैसा हो भनेर भेटियो भने तत्काल म उम्मेदवारीनै त्यागिदिन्छु ।’
उनले विपक्षीले मतदातालाई जति भ्रम फिजाए पनि मतदाता आफ्नै साथमा रहेको दावी गरे । यसैबिच नेपाली कांग्रेसका कार्यकर्ताहरुले सुनियोजित रुपमा भ्रम फैल्याउँने प्रयास गरेको भीडियो सार्बजनिक भएको छ । उक्त भीडीयोमा कांग्रेसकै कार्यकर्ताहरुले एमालेको झण्डा राखेर भ्रम फैल्याएको भीडीयो क्लिप प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्