यसकारण उर्लाबारी वडा नं. ८ मा कार्कीलाई भोट


विजय धिमाल

उर्लाबारी २३ बैशाख । यतिबेला उम्मेदवारहरु आफ्नो एजेन्डा सहित चुनाबी मैदानमा होमिएका छन् । नेकपा एमालेबाट अघिल्लो एक कार्यकाल वडा नम्बर ८ को अध्यक्ष सम्हालेका कुलबहादुर कार्की फेरि पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यश वडामा एमालेको माहोल हेर्दा यश पटक पनि निश्चित जितहुनेमा कुनै दुईमत नभएको कार्की बताउछन् । निकै लामो समयदेखि पार्टीको कुशल सिपाही वा कार्यकर्ता भएर आजसम्म आएको इतिहास छ । कार्कीको उम्मेद्वारीमा स्थानीयबासी उत्साहित छन् । घरदैलोमा निस्केका कार्कीलाई स्थानीय वडाबासीबाट आशीर्वाद थाप्दै भोट हाल्ने वचन लिएका छन् । फेरि पनि वडाबासीको रोजाईमा परेका उनि अबको पाँच वर्ष वडाध्यक्ष बनेर जनताको सेवा संगै अधुरा कामहरु इमानदारसंग गर्ने बताउँछन् ।

नेकपा एमालेबाट उर्लाबारी ८ मा वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका कार्की स्थानीय स्तरमा चिरपरिचित छन् । भौतिक पुर्वाधार र आर्थिक क्षेत्रमा नगरमै पछाडि परेको वार्ड हो, उर्लाबारी ८ । साविक राजघाट गाविसका १, २, ३, ४ र ९ नम्बर वडाको भु–भाग सेमेटेर बनाइएको वडा ८ कृषि पकेट क्षेत्र हो । यस वडामा कुषि, पशुपानलनको आधुनिकिकरण, बाटोघाटो र खोला टठबन्धनमा लगायत मुल मिसन भिजनमा पहिलो प्राथमिकता दिएको बताए । वडाबासीको हितमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, बाटो, कृषि उद्यमको क्षेत्रमा आम वडाबासीको भावनालाई मध्यनजर गरि अधुरो काम पुरा गर्ने लक्ष्य रहेको कार्की बताउछन् ।

एक कार्यकाल अध्यक्ष भएर कामगरेका उनि निकै अनुभवी, बिभान्न संघसंस्थामा मुख्य जिम्मेवार भएर काम गरीसकेका उनी वडाको विकासका लागी के कसरी गर्नुपर्छ सबै थाहा भएको बताउँछन् । उम्मेदवारी दर्ता गरेसँगै घरदैलो अभियानमा जुटेका उनलाई सबै उमेर समुहका मतदाताले भोट हाल्ने प्रतिबद्धता समेत गरेका छन् । घरदैलोमा भोट माग्न युवाहरुको व्यापक भेलाभएर सघाउदै ज्येष्ठ नागरिकहरुले जितको शुभकामना सहितको आर्शिवाद दिएका छन् । उर्लाबारी ८ को समृद्धिको सपना उनीबाट सम्भव हुने र अधुरो काम पूरा गर्न यो पटक कार्कीलाई नै भोट हाल्ने वडाबासी बताउँछन् ।

५२ वसन्त पार गरेका कार्की यसै ठाउँको रैथाने हुन । अझ धिमाल जातिको समुदायमै बुवा टेकबहादुर र आमा पवित्रादेवी कार्कीबाट जन्मिएका हुन् । कार्कीको राजनितिक यात्रा प्रजातान्त्रिक राष्ट्रिय युवासंघ सदस्य २०४६ बाट सुरु भएको देखिन्छ भने प्रजातान्त्रिक राष्ट्रिय युवासंघ इलाका कमिटी २०५२ देखि २०६३ तीन कर्यकाल अध्यक्ष, २०५४ मा साविक राजघाट वडा नम्बर १ को गाविस वडा सदस्य र २०७० देखि २०७४ सम्म दुई कार्यकाल गाउँ पार्टी कमिटी अध्यक्ष हुदै विभिन्न संघ संघसंस्थाको मुख्य पदमा रहेर जिम्मेवार भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्