मंगलबारेमा एमालेको पक्षमा अभुतपुर्व जनलहर


उर्लाबारी –  नेकपा एमालेका तर्फबाट उर्लाबारी ३ मा वडाध्यक्ष पदका उम्मेद्वार रहेका भीष्म बुढाथोकी र उनको प्यानलका पक्षमा जनलहर उर्लिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै बुढाथोकीलगायतका एमाले उम्मेद्वारहरु घरदैलोमा व्यस्त रहँदा मतदाताहरुमा उत्साहसंगै सहभागिता देखिएको हो ।
उर्लाबारीको दोस्रो ठुलो बजार मंगलबारे क्षेत्र समेटिएको उर्लाबारी ३ मा यसअघि कांग्रेसले वडाको नेतृत्व गरेको थियो । गत ५ वर्षको अवधिमा सो वडाको विकासमा कांग्रेस नेतृत्वले सम्झन लायक कार्य नगरेको भन्दै स्थानीयबासीहरु स्वतस्फुर्त एमाले उम्मेद्वारका पक्षमा खुलेका छन् । सोमबार मंगलबारे बजार क्षेत्रमा भएको घरदैलो कार्यक्रमा सयौ जनताको सक्रिय सहभागिता रहेको थियो । घरका छत र बरण्डामा उभिएरपनि स्थानीयले एमाले उम्मृद्वारप्रति शुभेच्छा प्रकट गरिरहेका देखिन्थे । एमालेको चुनाबी गीतमा नाचगान गर्दै सहभागीहरुले सुर्यमा मत मागेका थिए । सुर्यध्वाजावाहक उम्मेद्वारहरु लाई जिताउन उनीहरुले अपिल गरेका थिए । वडा ३ मा अध्यक्ष पदमा बुढाथोकीका अलवा सदस्य पदमा कृष्ण थापा र मित्र ढकाल, महिला सदस्य पदमा ज्योति धिमाल र दलित महिला सदस्यमा कृष्णकुमारी विक सुर्यध्वजावाहक उम्मेद्वार छन् ।
वडाध्यक्ष पदका उम्मेदवार बनेका बुढाथोकी स्थानीयस्तरमा परिचय गराइरहनुपर्ने नाम होइन । बाल्यकालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भएरमात्र होइन, सामाजिक कामको अग्रमोर्चामा रहनेदेखि यहाँको खेलक्षेत्रलाई युवाको ढुकढुकी बनाउने अभियानको अग्र मोर्चामा सधैं उनकै नाम आउँछ । हक्की र आँटिलो स्वभाव, स्पष्ट बोली र विविध क्षेत्रको नेतृत्वदायी पात्रका रूपमा भीष्म बुढाथोकी प्रायः मंगलबारेबासीको आँखाअगाडि झुल्किरहेको हुन्छ र उनको आवाज इलामेका कानमा अक्सर गुुञ्जिरहेकै हुन्छ ।
प्रतिक्रिया दिनुहोस्