उर्लाबारी वडा नं. ५ का घर-घरमा एमालेका उम्मेद्वार


उर्लाबारी, २० बैशाख । उर्लाबारी नगरपालिकाको वडा नं. ५ मा नेकपा एमालेका तर्फका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घर–दैलोमा पुगिरहेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घर–दैलोमा भेटिदाँ मतदाता पनि उत्साहित बनेका छन् ।

एमालेले वडा नं. ५ मा यसअघि वडा सदस्य समेत रहनुभएका लोकप्रीय युवा रविन लामालाई वडा अध्यक्षको उम्मेद्वार बनाएको छ । यसअघि नगर सभामा वडा नं. ५ को मात्र हैन नगर भरिकै समस्यालाई उजागर गर्दै आएका लामा सबैमा प्रिय मानिनुहुन्छ । यस्तै खुल्ला वडा सदस्यमा पनि एमालेले सो वडाकै युवा नेता एवम् एमाले वडा नं. ५ का अध्यक्ष संजिव सुवेदीलाई उम्मेद्वार बनाएको छ । अर्को खुल्ला सदस्यमा गायत्रा भट्टराई, महिला सदस्यमा रामप्यारी तामाङ र दलित महिला सदस्यमा प्रेमकुमारी विकलाई एमालेले उम्मेद्वार बनाएको छ ।

युवा र महिला नेतृत्वले भरिएको टिमलाई एमालेले उर्लाबारी ५ मा उतारेको छ । मतदाताले घर–दैलो कार्यक्रममा आएका उम्मेदवारलाई विजयी भएर गएपछि पनि घर–दैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बिचमा रहन सुझाव समेत दिएका छन् । वडा सदस्यको भूमिकामा रहेर लामाले वडाबासीको सेवामा गरेको कामलाई भने मतदाताले प्रशंसा गरेका छन् ।

जनतासँग प्रत्यक्ष जोडिएको पार्टी एमाले भएकाले दैनिक बिहान–दिउँसो –बेलुका घर–दैलो कार्यक्रम भईरहेको एमाले उर्लाबारी ५ का इन्चार्ज एवम् एमाले नगर सचिवालय सदस्य चेतन सिग्देलले बताउनुभयो । ‘हामी मतदाताका बिचमा गईरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘जित हाम्रो पक्षमा पार्छाै ।’

प्रतिक्रिया दिनुहोस्