उर्लाबारी वडा नम्बर ८ का ८ स्थानमा एमालेको कोणसभा


उर्लाबारी १८ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगपालिकामा नेकपा एमालेका उम्मेद्वारलाई विजयी गराउन आज उर्लाबारीमा ८ का टोलटोलमा कोणसभासहित नागरिक भेटघाट भएको छ ।
उर्लाबारी ८ का टोलमा मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारहरु वडामा पुग्नुभएको हो। लिखित आफ्नो प्रतिबद्धता सुनाउँदै स्थानीयबासीको समस्या र जनगुनासो बुझ्न वडाबासी समक्ष पुग्नुभएको हो । मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेल, उपमेयर पदको उम्मेद्वार मिना खतिवडा पौडेल लगायत वडा नम्बर ८ का वडा अध्यक्ष पदका उम्मेद्वार कुलबहादुर कार्की, वडा सदस्य पदका उम्मेद्वार रुद्रप्रसाद लामिछाने, डम्बर बराल, महिला सदस्य पदका उम्मेद्वार चन्द्रा डाँगी र दलित महिला सदस्य पदकी उम्मेद्वार कल्पना कामी रोक्का सहितको टिम चुनावी माहोल बनाउन गाउँको टोलटोलमा पुगेकोहो । बिहान ७ बजेदेखि वडा नम्बर ८ को नागेश्वर शिवालय मन्दिर, अठियाबारी टोल, बुढाठाकुर सामुदायिक भवन मेहरी टोल, बहादुर बाबा स्कुल राधाकृष्ण मन्दिरको प्राङ्गण, गङगटे टोल, बालबिसौनी टोल र सिसौलीको खैरेनी टोल गरि ८ स्थानमा कोणसभा सम्पन्न भएको छ ।
गाउँको टोलटोलमा भएको कोणसभामा उपस्थित वडावासीबाट यो पटक नेकपा एमालेलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए । शासक हैन सेवक भएर नगर, वडा र वडाबासीको हितमा आफ्नो कार्यकाल भरी काम गर्ने मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेलले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । एमालेलाई हराउन एमालेकै पार्टी वडा अध्यक्ष अग्निप्रसाद लिम्बू र टोमनाथ गौतमले वडा नम्बर ८ मा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको जानकारी गराउदै वडावासी भ्रम र लालजमा नफस्न उर्लाबारी नगर इन्चार्ज उमाकान्त गौतमले आग्रह गर्नुभएको थियो ।
भोट अपिलसंगै प्रचारप्रसार अभियानमा केन्द्रीय अनुशासन बिभाग सदस्य लक्ष्मीदेवि भण्डारी, नगर इन्चार्ज तथा जिल्ला सदस्य उमाकान्त गौतम, निर्वाचन परिचालन नगर संयोजक तथा प्रदेश कमिटी सदस्य भुपाल जिमि, जिल्ला कमिटी सदस्य पुष्प ढकाल, उर्लाबारी नगर अध्यक्ष गंगा बास्तोला प्रदेश कमिटी सदस्य डिल्ली आपापगाई र निर्वाचन परिचालन समिति संयोजक लगायतको उपस्थिति रहेको वडा कमिटी सचिव सुनिल धिमालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्