राजनीति र समाजसेवामा सफल मित्र : यसपटक उर्लाबारी ३ को वडा सदस्यमा


उर्लाबारी । उर्लाबारी-३ मंगलबारेमा मित्रप्रसाद ढकाल चर्चित नाम हो । उनी सामाजिक होस् राजनीतिक, हरेक क्षेत्रमा डटेर काम गर्ने जागरुक उत्साही नेतृत्वभित्र अग्रभागमा छन् । उर्जाशील, कर्तव्यनिष्ठ, जुझारु ढकाल सामान्य जिवलशैलीका व्यक्तित्व हुन् ।
आसन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमाले वडा नं. ३ बाट खुला सदस्यमा fढकालले बलियो उम्मेद्वारी दर्ता गराएका छन् । उर्लाबारीका विभिन्न सामाजिक संघसस्था, सहकारी लगायत न्यायिक समिति साथै सामुदायिक वनको कार्यसमितिमा रहि उल्लेखनिय कामहरु गरिआएका ढकाल समाजसेवामै आफ्नो जिवन समर्पण गरिआएको बताउँछन् ।
वि.सं.२०३९ सालबाट जनसेवा मा.वि. रमाईलोबाट अनेरास्ववियुको सदस्य रहि विद्यार्थी जिवनकालबाट राजनितीक यात्रा सुरु गरेका ढकाल अन्याय र अत्यचार विरुद्ध निरन्तर आवाज उठाउदै आएका बामपन्थी नेता हुन् । २०४१ सालमा तत्कालिन नेकपा (माले)एरिया संगठन सदस्य रहि २०४२ सालको आन्दोलनमा सकृय भुमिका निभाएका ढकाल २०४६ सालमा नेकपा (माले )को तर्फबाट पथरीशनिश्चरे, हसन्दह,वयरवन क्षेत्रका पञ्चायत विरोधी आन्दोलनमा नेतृत्व लिएर आफ्नो सफल कार्य कौशुलता देखाएका थिए ।
२०४६ मा नेकपा(माले) को पथरीशनिस्चरे नगरको दुई कार्यकाल सचिवमा निर्वाचित भई आफ्नो सक्षमता देखाएका ढकाल राजनितिमा अब्बल मानिन्छन् । वि.सं.२०४९ सालमा स्थायी रुपमा उर्लाबारी-३ मंगलबारेमा बसाँइ सरि आएका ढकाल २०५५,५६ सालमा नेकपा (एमाले)को नगर सह-सचिव हुदै सचिवको जिम्मेवारी समेत सम्हालेका छन् । उर्लाबारीमा २०६२/६३को आन्दोलन सफल बनाउन उनको भुमिका अग्रपंतिमा रहेको छ ।
हाल नेकपा (एमाले)को नगर सचिवालय सदस्य समेत रहेका ढकाल पार्टीमा एक कुशल वुद्धिजिवी मानिन्छन् । आफ्ना कामहरुको प्रचारमा कतिपनि चासो नराख्ने ढकाल स्थानिय समस्याहरु समाधान गरि स्थानियबासीको मन जित्न सफल भएका छन् । आर्थिक रुपले विपन्न धेरै विरामीहरुको उपचारमा उनले सहयोग पुर्याउदै आएका छन् । बर्खायाममा बाढीले मंगलबारे डुबान हुँदा घरघरमा पुगी स्थानियको साहारा बनेका ढकालको उम्मेद्वारीले स्थानियहरु उनलाई वडा सदस्यमा जिताउनै पर्ने बताउँछन् ।
आफ्नो कर्तव्य र जिम्मेबारीबाट कहिल्यै पछि नहट्ने प्रवृतिका ढकाल ‘कृषीजन्य वस्तु उत्पादन तथा बजारीकरणमा थोरै निति नियम बनाउन सके वडावासीहरु आत्मनिर्भर बन्ने’ बताउँछन् । ‘ घरबाट निस्कने फोहोरलाई मोहोर बनाउन थोरै अभ्यास गरे प्रदूषण रोकिने र आम्दानि बढाउन सकिने ‘ उनी बताउँछन् । ‘वडामा न्युन आय अएका श्रमिकहरुको तथ्याङ्क निकाली तिनको आम्दानी बढाउन निति नियम बनाउने काममा आफु लागिपर्ने’ ढकाल बताउँछन् । व्यवस्थित ढल निकासी गरि डुमानमुक्त मंगलबारे बनाउने मुख्य एजेण्डा बोकेका ढकाल उर्लाबारी-३ मा वडा सदस्यको बलीया उम्मेद्वार हुन् ।
प्रतिक्रिया दिनुहोस्