दमक २ को वडाध्यक्षमा प्रजापति सापकोटा नै किन ?


दमक । वडाबासीको सेवामा निरन्तर लागिरहने प्रजापति सापकोटा नेकपा एमालेबाट दमक २ को वडाध्यक्षमा पुन उम्मेद्वार बन्नुभएको छ । वडाबासीको सेवा र विकाश निर्माणमा सक्रिय रहनुभएका सापकोटालाई पुन विजयी गराउन वडाबासी लागि परेका छन् ।

२०१७ साल असार १७ गते पाँचथरमा माता लछीमाया सापकोटा र पिता नारदमणि सापकोटाका माहिलो सुपुत्रको रुपमा जन्मनु भई हाल दमक २ बेलडागीमा स्थाई बसोवास गर्नु भएका सापकोटाले ५ वर्षको अवधिमा वडाबासीको मन जित्न पनि सफल हुनुभएको छ । उहाँ अहिले आफ्नो कार्यकालमा गरेका काम र अघि सार्नु भएका योजना तथा पुरा गर्न बाँकी योजना लिएर मतदाताकोमा पुग्दै हुनुहुन्छ ।

सापकोटा दमककै नमुना विद्यालय हिमालय माध्यमिक विद्यालयमा अध्ययन गरेर सोहि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । २०३६ सालमा अनेरास्वबियुको सदस्यता हासिल गर्दै कम्न्युनिष्ट आन्दोलन र राजनितिमा होमिनु भएका सापकोटा २०४२ सालमा नेकपा मालेको वडा कमिटी सदस्य हुदैं २०४३ सालमा निर्वाचित वडा कमिटि सदस्य हुनु भयो ।

यसैं गरि २०५० सालमा एक कार्याकाल इलाका कमिटी १७ नम्बरको सदस्य रहदैं २०५५ साल देखि लगातार ३ कार्यकाल सम्म वडा कमिटि सचिव हुनु भयो । २०७२ सालमा नेकपा एमालेको क्षेत्रिय कमिटि सदस्य हुदैं २०७४ सालको निर्वाचनबाट दमक वडा नम्बर २ मा वडाध्यक्षमा निर्वाचित हुनुभयो । नागरिकका दुःखमा अहोरात्र खटिने , शालिन , भद्र ,भ्रष्टचार विरोधी भएकै कारणले सापकोटा वडाबासीमा परिचित रहनुभएको छ ।

विकास प्रेमी, गतिशिल, भ्रष्टचारका विरुद्धका खुलेर लाग्ने अभियान्ताका रुपमा चिनिनु भएका सापकोटाले बैशाख ३० गते हुने निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी विजयी गराई वडाबासीको सेवा गर्ने मौका दिनुहुन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्