कनकाई नगरपालिकाको इतिहास बोक्ने पञ्चायत मार्ग कालोपत्रे


झापा । झापाको कनकाई नगरपालिकाको इतिहास बोक्ने पञ्चायत मार्ग कालोपत्रे भएको छ । कनकाई नगरपालिकाको सविक सुरुङ्गा बजारमा स्थापना भएको पञ्चायत भवनबाट पूर्व हुदैं र झापाकैं पुरानो व्यापारिक केन्द्र शनिश्चरे बजारसम्म जोड्ने पञ्चायत मार्गले हिजोआज धुलाम्मे सडकबाट चिल्लो कालोपत्रे सडकको रुपमा आफ्नो मुहार फेरेको छ ।

लामो समयसम्म प्रधानपञ्च रहनु भएका सुरुङ्ग गाउपञ्चायतका पूर्व प्राधनपञ्च स्वर्गीय गणेशबावू पोखरेलले खनेको कच्ची बाटेलाई उनकैं जेठो छोरो कनकाई नगरपालिकाको नगर प्रमुख हुदा कालो पत्रे निमार्ण सम्पन्न हुनुलाई एउटा मिठो सम्योगका रुपमा नगरवासीहरुले लिएका छन । उक्त सडक निमार्णका लागि एलेक्स कन्सट्रक्सन प्रालि कनकाई ५ झापाले निमार्ण कार्यको जिम्मा लिएको हो ।

सडक निमार्णका लागि प्रदेशबाट ७० प्रतिशत र नगरबाट ३० प्रतिशत गरि कुल बजेट १ करोड ८९ लाख ९६ हजार मध्येबाट टेण्डर मार्फत एलेक्स कन्सटसन कम्पनीले कामको समय सिमा आउदो २०७९ भदौं २० गते सक्ने भनिए पनि समयमैं आसपाल कङ्गक्रीट गुणस्तरमा १ करोड ८७ लाख १२ हजार ८ सय ८९ रुपैंया २५ पैंसा भ्याट सहितको रकममा कार्यसम्पादन गर्ने भनि जिम्मा लिएको हो ।

उक्त कालो पत्रे सडक निमार्णकालागि प्रदेशबाट बजेट विनियोजन भएको प्रदेश साम्सद एवं पूर्व मन्त्री माननीय हिरा कुमार थापा बताउनुहुन्छ । उक्त कालो पत्रे सडकले दुर्गापुर दानाबारी सडकसंग लिंक राख्ने हुनाले यस भेगका ग्रामिण जनजीवनसंग प्रत्यक्ष सरोकार राख्नुका साथैं दैनिकी सहज बनाउन ठूलो भूमिका खेल्ने, यस पटक १५ सय मिटर निमार्ण भए पनि हरेक वर्ष सडक निमार्ण कार्य थपिदैं जाने निवर्तमान कनकाई नगरपालिकाका मेयर एवं मेयरपदका प्रत्यासी राजेन्द्रकुमार पोखरेल बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्