को हुन राप्रपाबाट उर्लाबारी ४ मा वडा सदस्यका उम्मेद्वार नविन न्यौपाने ?


उर्लाबारी । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा युवा उम्मेद्वारप्रति मतदाताको आकर्षण बढेको छ । युवाबाट मात्र विकाश र समृद्ध हासिल हुने अपेक्षाका साथ युवा उम्मेद्वारप्रति मतदाताको आकर्षण बढेको हो ।

स्थानिय तहको निर्वाचनका लागि अधिकांश युवाहरूले दलबाट होस् या स्वतन्त्रबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उर्लाबारी नगरपालिकामा निर्वाचनको माहोल सुरु भएसँगै मतदाताले नयाँ उम्मेद्वार खोजिरहेका छन् ।

नयाँ जोस, जागर र उर्जाका साथ उदाएका राप्रपाबाट उर्लावारी वडा नं. ४ को वडा सदस्यमा उम्मेद्धारी दिनुभएका नविन न्यौपाने एक शसक्त उम्मेद्वार रहनुभएको छ । अत्यन्तै मिलनसार, निडर, लगनशिल भएकै कारण वडा सदस्यमा न्यौपानेको उम्मेद्वारी सशक्त बनेको हो । एक सक्षम र नेतृत्वकर्ता युवा भएकै कारण न्यौपानेको उम्मेद्वारीले चर्चा चुलिएको छ ।

उहाँ दमकबाट संचालन भईरहेको इन्टरनेट सेवा प्रदायक कम्पनी Unified Communication को प्रमुख कार्यकारी अधिकृत, दमक टेक्निकल कलेज , श्रीयन्त्र कलेजको प्राध्यापक तथा सूचना प्रविधिमा स्नातक गर्नुभएका इन्जिनियर हुनुहुन्छ । बिभिन्न सामाजिक काममा सक्रिय हुनु भएका न्यौपानेले आफ्नै इन्टरनेट सेवा प्रदायक कम्पनी Unified Communication संचालन गरि त्यस कार्यालयमा ८० जना भन्दा बढीलाई रोजगार समेत दिनुभएको छ।

विद्यार्थी समयदेखि नै अध्ययनमा अब्बल उहाँ हालसम्म आफ्नो व्यवसायको शिलशिलामा सिंगापुर, मलेशिया, थाइल्यान्ड, चीन तथा भारतसहित विभिन्न देशहरुको भ्रमण समेत गरि त्यहाँको भौतिक पूर्वाधार तथा सुचना प्रविधिको विकास हेरि नेपालमा पनि त्यहि किसिमको विकास गर्न आफुले केहि गर्नु पर्छ भन्ने सोच बोक्नुभएको छ । सुचना प्रविधि क्षेत्रको विकासका लागि यहाँ रहेका युवाहरुलाई सुचना प्रविधि सम्बन्धी विभिन्न तालिमहरुको व्यवस्था गरि उनीहरुलाई यहि ठाउँ स्वरोजगारीको अवस्थाहरु सृजना गर्नु पर्छ भन्ने यहाँको भिजन रहेको छ ।

उहाँ भन्नुहुन्छ “हरेक स्थानिय तहको भौतिक पूर्वाधार, सामाजिक, आर्थिक तथा सुचना प्रविधिको दिगो विकास गर्नका लागि एक शिक्षित जनप्रतिनिधिको महत्वपूर्ण भुमिका रहेको हुन्छ” । तशर्थ आफ्नो शैक्षिक योग्यता, विज्ञता तथा अनुवका आधारमा आफ्नो वडालाई “घर–घरमा वडा, टोल–टोलमा वडा” भन्ने मूल नारालाई आत्मासाथ गर्दै वडाका सम्पूर्ण कामहरुलाई सुचना प्रविधि मैत्री वडा वनाउनका लागि आफ्नो महत्वपूर्ण भुमिका रहने उहाँले बताउनुभयो । आम वडाबासीहरुको हकहित र समाज बिकासको लागि आफु सधै उर्जाशिल भएर अघि बढ्ने प्रतिबद्धता उहाँ गर्नुहुन्छ । त्यसो त देश र जनताको हितको लागि राप्रपा नै सबै भन्दा उत्कृष्ट पार्टी भनेर उहाँले यस पार्टीबाट सम्पुर्ण जनस्तर परिवर्तन गर्ने भएकोले आफु यस पार्टीप्रति आस्था राखेको उहाँले बताउनुभयो। उहाँ “अरुलाई हेर्यौ पटक–पटक, दिगो विकासको लागि नवीनलाई हेर्नुहोस् एक पटक” भन्दै सम्पुर्ण आम वडाबासीहरुलाई हलो चिन्हमा भोट दिई अत्याधिक मतले विजय गराउन आग्रह गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्