उर्लाबारीमा वडाध्यक्षका उम्मेद्वारलाई पति शोक


उर्लाबारी, १५ वैशाख –  उर्लाबारी नगरपालिका वडा नं. ७ मा नेकपा एमालेबाट उम्मेद्वार रहेकी उर्मिला थापालाई पति शोक परेको छ । उनका पति वीरबहादुर थापाको ७० वर्षको उमेरमा आज बिहान ५ बजे मृत्यु भएको हो ।

मुटुरोगबाट ग्रसित वीरबहादुरलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । वीरबहादुर २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन उर्लाबारी गाविस वडा नं. ४ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका दुई श्रीमती पुष्पा र उर्मिला थापा, तीन छोरा र तीन छोरी छन् ।

अष्ट्रेलियामा रहेका कान्छो छोरा आएपछि दाहसंस्कार गर्ने जनाइएको छ ।
यसैबीच, नेकपा एमालेले उर्लाबारी ७ मा आज तय गरेको चुनावी प्रचार कार्यक्रम स्थगित गरेको छ । वडाध्यक्षका श्रीमानको मृत्यु भएपछि वडामा आज तय भएका सबै कार्यक्रम स्थागित गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्