पथरीशनिश्चरेमा एमालेले भोलिदेखि घरदैलो कार्यक्रम गर्ने


पथरीशनिश्चरे, वैशाख १३ । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ३ ले उम्मेद्वार र स्थानीय पार्टी नेता कार्यकर्ता एवं शुभेच्छुकहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ ।

नगरको मेयरका उम्मेद्वार मोहन तुम्बापो, वडा अध्यक्षका उम्मेद्वार घनश्याम कोइराला, सदस्यका उम्मेद्वारहरु माया पैजो गुरुङ, मैया विश्वकर्मा, मोहनप्रसाद गौतम, शिवकुमार प्रधानले र  स्थानीय पार्टी नेता कार्यकर्तासँग छलफल गरिएको थियो ।

वडा अध्यक्ष गणेश बाछानाको सभापतित्वमा भएको कार्यक्रममा नगर अध्यक्ष रमेश दाहालले नगरमा भोलिदेखि घरदैलो कार्यक्रम गरिने बताए । उनले भने–‘भोलिदेखि यही वडाबाट घरदैलो कार्यक्रम सुरुवात गरिनेछ, सूर्य चिन्हमा मतदान गरी अत्याधिक मतले हाम्रा उम्मेद्वारलाई जिताउँनुछ ।’ भोलिदेखि नगरका मेयर, उपमेयर सहित वडा नं. ३ का उम्मेद्वारहरु घरदैलो कार्यक्रम सहभागी हुनेछन् ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य युवराज बास्कोटा (यज्ञ) रहेका थिए । यस्तै प्रदेश सदस्य बिजय डाँगी लगायत स्थानीय नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्