एमाले वडा कमिटीको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन


उर्लाबारी, १२ बैशाख ।  नेकपा एमाले उर्लाबारी-३ वडा कमिटीले चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरेको छ । सोमबार उम्मेद्वार मनोनयन दर्तापछि वडा समितिले उर्लाबारी-३ मंगलबारे स्थित सुनपकुवा साकोसको कार्यालय छेउमा प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरेको हो ।

उक्त कार्यालय पूर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फेले उद्घाटन गरेकी हुन् । उक्त कार्यक्रममा युवा नेता भिष्म बुढाथोकीले एमालेबाट वडा अध्यक्षमा उम्मेद्वार दिएकोमा युवाहरुले खुसीयाली मनाएका थिए । सो वडामा सदस्यहरुमा मित्र ढकाल, कृष्णकुमार थापा, ज्योति घिमाल र कृष्णकुमारी बिकले उम्मेद्वारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्