गोरेका भाईलाई आज विराटनगर ल्याइँदै


मोरङ, २१ पुस । मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी र प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई आज विराटनगर ल्याइने भएको छ । हिजो दुबईबाट नेपाल आउने क्रममा रहेका रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

रमेशलाई बुधबार थुनछेक बहसका लागि जिल्ला अदालत मोरङमा उपस्थित गराउन विराटनगर ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त उर्लाबारीका चुणामणि उप्रेती गोरेका भाइ हुन्न् । सुन तस्करी प्रकरणको रहस्य बाहिरिए पछि फरार भएका उनी दुबईमा बस्दै आएका थिए । उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेश हिजो हिजो दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्