उर्लाबारीमा मेयर–उपमेयरसहित ९ वटै वडामा नेकपा एसको उम्मेद्वारी


उर्लाबारी, १२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकामा नेकपा एकीकृत समाजवादी ले मेयरसहित ९ वटै वडामा उम्मेद्वारी दिएको छ । पार्टीले दिएको जानकारी अनुसार मेयर पदमा मानबहादुर श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ । उपमेयरमा समाजवादीकै चन्द्रप्रसाद भट्टराईले उम्मेद्वारी दिनुभएको छ ।

एउटा पार्टीबाट मेयर–उपमेयरमा एक महिला अनिवार्य भएकाले भट्टराईले स्वतन्त्र हैसियतमा उम्मेद्वारी दिनुभएको हो । यस्तै वडा नम्बर १ को अध्यक्षमा मछिन्द्रकुमार कार्कीले उम्मेद्वारी दिनुभएको छ । उहाँ निवर्तमान वडा अध्यक्ष समेत हुनुहुन्छ ।

यस्तै वडा नं. २ को अध्यक्षमा अमृतबहादुर बस्नेत, ३ मा टुमानाथ निरौला, ४ मा तुलाराम धमला, ५ मा गोपालप्रसाद भट्टराई, ६ मा चन्द्रबहादुर धिमाल, ७ मा चन्द्रबहादुर राई, ८ मा यज्ञबहादुर बस्नेत र ९ को अध्यक्षमा सुन्दर श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्