मोरङका सबै पालिकामा एमालेको उत्साहजनक उम्मेद्वारी दर्ता


मोरङ, १२ बैशाख । नेकपा एमाले मोरङले बिराटनगर महानगरपालिका सहित जिल्लाका १७ वटै पालिका प्रमुख, उपप्रमुख र १५९ वटै वडा अध्यक्ष तथा सदस्य पदमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता गरेको छ। एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार जिल्लाभर एमालेका उम्मेद्वारहरुले उत्साहका साथ उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

भ्रष्टाचारको अन्त्य गर्दै स्थानीय तहको समुचित बिकास र समृद्ध मोरङ निर्माण गर्ने बर्षौ देखिको जनताको अधुरो सपना पुरा गर्ने संकल्प र दृढता बोकेको जनताको विश्वासिलो पार्टी नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गरि अत्यधिक मतका साथमा विजयी गराउन सचिव खतिवडाले आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्