पहिलो दिन : उर्लाबारीमा मेयरमा दुईसहित ४३ जनाको उम्मेद्वारी दर्ता


उर्लाबारी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन गर्ने पहिलो दिन आज उर्लाबारी नगरपालिकामा ४३ जनाले उम्मेद्वारी दिएका छन् ।

आज मौलिक जरोकिलो पार्टी र मंगोलियन नेशनल अर्गनाइजेसनले मेयर उपमेयरसहित वडाध्यक्ष, वडा सदस्यमा उम्मेद्वारी दिएका हुन् ।
मौलिक जरोकिलो पार्टीबाट मेयरमा विज्ञान आचार्य र उपमेयरमा चन्द्रीका भट्टराईको उम्मेद्वारी परेको छ भने मंगोलियन नेशनल अर्गनाइजेशनबाट मेयरमा मोहनबहादुर राई र उपमेयरमा विष्णुमाया तामाङले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, वडाध्यक्षमा ११, वडा सदस्य खुलामा १४ जना, महिला वडा सदस्यमा ७ जना र दलित महिला सदस्यमा ७ जनाको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्