ब्लड क्यान्सर पिडीत विश्वकर्मालाई राईको आर्थिक सहयोग


उर्लाबारी । उर्लाबारी ४ निवासी ब्लड क्यान्सर पीडित सपना विश्वकर्मालाई उर्लाबारी चोकमा अबस्थित पिके ट्राभल्सका संचालक युवा ब्याबसायी नुतन राईले आर्थिक सहयोग गरेका छन् । राईले रु ५ हजार ५ सय सहयोग गरेका हुन् ।

उनले आफूसंग हुनेले आर्थिक सहयोग गरौं र आफूसग नहुनेले आर्थिक सहयोगको आह्वान गरेर भएपनि क्यान्सर पिडित सपना विश्वकर्माको ज्यान बचाउन सबै सामु आह्वान गरेका छन् । उनले बिशालटोल र खोर्सानेबारीको युवाहरुले सपना बचाउ अभियानमा राखेको एक कार्यक्रममा सो कुरा राखेर आफूसँग भएको रकम पनि पीडित सपनाकी छोरीलाई हस्तान्तरण गरेका हुन ।

फेरि पनि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सपनाको ज्यान बचाउन सम्पुर्ण युवाहरूलाई आर्थिक सहयोग उठाउन आह्वान गर्दै त्यस अभियानमा आफू पनि साथै रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्