उर्लाबारी ७ घर भएका गोरेका भाई रमेश विमानस्थलबाटै पक्राउ


काठमाडौं – प्रहरीले ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आज साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । ३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि रमेश दुबई बस्दै आएका थिए ।

रमेश उप्रेती नेपाल फर्किँदै गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। त्यसपछि रमेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले नियन्त्रणमा लिएको हो।

३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त गोरेलाई जिल्ला अदालत मोरङले जन्मकैदको सजाय सुनाएको छ। गोरे अहिले कारागारमा छन्। रमेशमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्