राजनीति र समाजसेवामा अग्रणी भीष्म बुढाथोकी


उर्लाबारी – उर्लाबारीमा भीष्म बुढाथोकी चर्चित नाम हो । उनी सामाजिक होस् राजनीतिक, खेलकुद हरेक क्षेत्रमा डटेर काम गर्ने जागरुक उत्साही युवाभित्र अग्रभागमा छन् । उर्जाशील, कर्तव्यनिष्ठ, जुझारु भीष्म दीनदुःखीको साहारा बनेका छन् ।
उनको सहयोगी भावनाले नै गरिव तथा अपाङ्गता भएकाहरुको मुहारमा उज्यालो छाईदिने गरेको छ । युवाले एउटा राम्रो समाज बनाउन सक्छ भन्ने दर्विलो उदाहरण बनेका बुढाथोकी वडावासीको मन जित्न सफल भएका छन् ।वडावासीको मतले वडा सदस्य बनेका भीष्मले नागरिकको मतको भरपुर कदर गरेको वडावासी बताउछन् ।
नेकपा एमाले उर्लाबारी–३ को अध्यक्ष भई पार्टीलाई चलयमान बनाउन लागि परेका बुढाथोकीलाई आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा नं. ३ को वडाध्यक्षमा बलीयो उम्मेद्वार मानिएको छ।
आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका होस् या कोरोनाको बेला बिरामीहरुलाई अस्पताल पुर्याउनेदेखि लिएर कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी तथा पोषणयुक्त आहारा वितरण गर्नेसम्मको काममा बुढाथोकी खटिएका थिए । यसका साथै वडामा संक्रमण फैलन नदिन ‘प्रहरीको साथी म’ अभियान चलाई वडाबासीलाई सुरक्षाको प्रत्याभुती दिलाएका थिए । उनी नेतृत्वको उक्त अभियान टोली मोरङ जिल्लामै सर्वोत्कृष्ठ ठहरिएको थियो ।यस्तै वर्षातको समयमा श्रमदानबाट खोलामा बाध निर्माण गर्ने कार्यमा बुढाथोकी अग्रसर भई लागेका थिए ।
योसेक क्लबको अध्यक्षसमेत रहेका बुढाथोकी उर्लाबारी नगर खेलकुदको अध्यक्ष भइसकेका छन् । उर्लाबारी फुटबल क्लबका सचिब बुढाथोकी पूर्व भलिबल खेलाडी पनि हुन् ।उनकै नेतृत्वमा उर्लाबारीमा प्रथम महिला फुटबल प्रतियोगिता सम्पन्न भएको थियो भने गत चैत्रमा मात्रै उर्लाबारी-३ मंगलबारेमा ऐतिहासिक प्रथम संसारीमाई जल्पादेवी भलिबल प्रतियोगिता भव्यका साथ सम्पन्न भएको थियो ।
यस्तै मंगलबारेमा सार्वजनिक बसले स्थानियहरुलाई नचढाउने ,नओरार्ने भनी दु:ख दिएपछि ‘ मंगलबारेमा यात्रुवाहक वसलाई अनिवार्य रोक्न लगाउने’ गरि १ महिने अभियान चलाउन बुढाथोकी सफल भएका थिए ।
सानैदेखि कम्युनिष्ट राजनितीमा लागेका बुढाथोकी राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यसमेत भइसकेका छन् । खेलकुद, सामाजिक काम वा जनप्रतिनिधिको भूमिकामा उनी सदैब जनताको घरदैलोमा पुगिरहन्छन् । वडा नं. ३ मा वडाध्यक्षसहित अन्य सदस्य पराजित भइरहँदा बुढाथोकी लोकप्रिय मतका साथ विजयी बनेका थिए । सबैको प्रिय बनेका बुढाथोकीका कामहरुबाट प्रभावित भई नेकपा एमाले उर्लाबारी-३ ले वडाअध्यक्षमा सर्वसम्मत सिफारिस गरेको छ । ‘जनताको सारथी बन्नु नै बुढाथाकीको जितको आधार हो’ एक कार्यकर्ता भन्छन् ।
प्रतिक्रिया दिनुहोस्