उर्लाबारी १ र ५ मा एमाले चुनावी अभियानमा होमियो


उर्लाबारी, १० बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लागि नेकपा एमाले उर्लाबारीले वडा वडामा निर्वाचन परिचालन कमिटी गठन गर्दै चुनावी अभियानमा होमिएको छ ।

आज एमाले वडा नं. ५ पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी डिल्लीप्रसाद काफ्लेको अध्यक्षतामा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्दै वडामा एमाले चुनावी अभियानमा होमिएको हो ।

एमालेले बैशाख ११ गते बेलुकासम्म उम्मेद्वार टुंगो लगाउने तयारी गरेको छ । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारलाई विजयी गराउने कार्यमा सक्रियताका साथ लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । कार्यक्रममा जिमीसहित गंगा खरेल र हिरा श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।

यस्तै उर्लाबारी वडा नम्बर १ मा पनि आजै कार्यकर्ता भेलाको आयोजना गरी आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन सशक्त भएर लाग्ने उद्घोष गरिएको छ । सो वडामा श्याम कटुवालको संयोजकत्वमा ७ सदस्यीय संचार समिति, भिम श्रेष्ठ संयोजक, चन्द्रप्रसाद दाहाल सहसंयोजक र सचिव चन्द्रकला पाण्ड रहेको ३२५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । भेलामा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी, एमाले नेता भुपाल जिमी, गंगा खरेल, हिरा श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्