उर्लाबारी ४ का १९ विपन्न सुत्केरी महिलालाई पोषण सामग्री बितरण


उर्लाबारी, ७ बैशाख ।  उर्लाबारी नगरपालिका वडा नम्बर ४ ले वडाका १९ जना विपन्न परिवारका सुत्केरी महिलालाई पोषण सामग्री बितरण गरेको छ ।सुत्केरी पोषण कार्यक्रम अन्तर्गत बिनियोजित वडाको बजेटबाट उक्त पोषण सामग्री वितरण गरिएको हो ।

वडा कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडा नम्बर ४का अध्यक्ष लक्ष्मीनारायण धिमालले उक्त सामग्री बितरण गर्नुभएको छ। वडाले निरन्तर ४ वर्षदेखि वडाका विपन्न सुत्केरी महिलालाई पोषण सामग्री बितरण गर्दै आइरहेको दलित महिला सदस्य अमृता दासले बताउनु भयो ।

पोषण सामाग्री अन्तर्गत वडाले जिरा मसिनो चामल २५ केजी, अण्डा १ क्यारेड, ध्यू १ केजी,तोरीको तेल १ लिटर, मुसुरो दाल २ केजी, ज्वानो १ पोका, नुन १ केजी लगायतका सामग्री बितरण गरेको छ । सोही अवसरमा वडाको सिलाइकटाइ कार्यक्रमबाट उत्पादन भएका नानीको लागि दौरा सुरूवाल, कमिज सुरूवाल, जामा र सुत्केरी आमालाई गाउन बितरण गरेको । कार्यक्रममा वडा सदस्य कल्याण राई महिला सदस्य कृष्णमाया कार्कीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्