उर्लाबारीमा पनि टाइफाइड विरुद्धको खोप अभियान


उर्लाबारी, ६ बैशाख । नेपालमा उच्च जोखिममा रहेको टाइफाइड विरुद्धको खोप अभियान उर्लाबारी नगरपालिकामा पनि संचालन हुने भएको छ ।

यही बैशाख ११ गतेदेखी २० गतेसम्म नगरका सबै वडामा खोप अभियान हुने उर्लाबारी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । आज पालिकास्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्टीको आयोजना गरी अभियानबारे जानकारी दिएको हो । उर्लाबारीका ९ वटै वडाका विद्यालय र सार्वजनिक स्थानमा खोप लगाइने छ ।

१५ महिनादेखी १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउन १८ जना स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उर्लाबारीमा २२ हजार ९ सय ५४ जना लक्षित उमेर समुहका बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । १५ महिना देखि १५ वर्ष उमेर समूहका मानिसलाई लगाउने यो रोग ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रामक रोग र सङ्क्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफाइड रोग लगाउने जीवाणु बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूषित पखाला वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएता पनि विशेषतः १५ वर्ष मुनिका बालबालिकाहरुमा धेरै लागेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्