उर्लाबारीमा कर्णाली साकोसको २१ औँ वार्षिक इकाई साधारणसभा


उर्लाबारी, २० पुस । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक इकाई साधारणसभा आज उर्लाबारीमा सम्पन्न भएको छ ।

झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको सो संस्थाले उर्लाबारी, मिक्लाजुङ र रतुवामाईका शेयर सदस्यहरुका लागि उर्लाबारीस्थित उद्योग वाणिज्य संघको सभाहलमा साधारणसभा गरेको हो । साधारणसभा होटल तथा पेय पदार्थ व्यवसायी संघ उर्लाबारीका क्षेत्रीय अध्यक्ष मनोहरी दाहालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी दाहालले सहकारीले बिपन्नदेखी उच्च वर्गका सबैको भावना समेट्न सक्नुपर्नेमा जोड दिनुभयो । रोजगारी, शिक्षा, व्यापार सबै क्षेत्रमा सहकारीले कार्यक्रमहरु ल्याउन सक्नुपर्नेमा जोड दिनुभयो । सहकारीका मालिक शेयर सदस्य भएको बताउँदै उहाँले सहकारीले गर्ने हरेक गतिविधिका सहभागी हुनुपर्ने बताउनुभयो ।

साधारणसभामा सञ्चार क्लब उर्लाबारीका अध्यक्ष नवराज भट्टराई, फस्ट माइक्रोफाईनान्सका क्षेत्रीय प्रबन्धक हिरामणी भेट्वालले साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा उर्लाबारी, मिक्लाजुङ र रतुवामाई क्षेत्रका उत्कृष्ट बचतकर्तालाई पुरस्कृत समेत गरिएको थियो । सो सहकारीको हाल जम्मा चुक्ता शेयर पुँजी ३५ करोड ८४ लाख ५३ हजार रहेको छ भने आगामी आर्थिक वर्षसम्म्मा ४४ करोड बढी पुर्याउने लक्ष्य लिएको छ । सो संस्थाको जम्मा वासलात ३ अर्ब ४१ करोड २८ लाख १९ हजार ३५१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्