पत्रकार आवाजविहिनको वुलन्द आवाज बन्नुपर्छ : उपप्रमुख वास्तोला


सनम रोक्का
पथरी शनिश्चरे, ०६ वैशाख । पत्रकारहरू समाजमा रहेका निमुखा, पेलिएका, अन्यायमा परेका र आवाजविहिनहरूको वुलन्द आवाज बन्नुपर्ने पथरी शनिश्चरेकि उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले बताइन ।
उनले विकास पत्रकारिता, मल्टिमिडिया तथा कानुनी सचेतना तालीमको समापनको कार्यक्रममा बोल्ने क्रममा सो कुरा बताएकी हुन् । उनले भनिन्,
“पत्रकार समाजका आँखा हुन, पत्रकारहरूले सत्यको खोजी गरि जनतालाई सूचित गराउनुपर्छ । ठूलालाई ढाकछोप गर्ने तर सानालाई बदनाम गराउने खालका पत्रकारहरु बढ्दै गएको देखिन्छ । पत्रकारले चाहेमा देशमा आमुल परिवर्तन गराउन सक्छ । पत्रकारहरू बिक्नु भएन “।

आइतबार सम्पन्न ४ दिने विकास पत्रकारिता, मल्टिमिडिया तथा कानुनी सचेतना तालीमको समापन कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समितिलाई सम्मान समेत गरिएको छ । कानेपोखरी मिडिया प्रालिद्वारा न्यायिक समिति संयोजक एवं उपप्रमुख यमुना विष्ट बास्तोला, न्यायिक पालिका सदस्यद्वय भद्रमान विश्वोकर्मा र पर्शुराम न्यौपानेलाई पथरी शनिश्चरे नगरको जनप्रतिनिधि भइ ५ वर्षे कार्यकालमा न्यायिक समिति मार्फत जिल्ला हुँदै प्रदेश १ मै उत्कृष्ट कार्यसम्पादन गरेको प्रंशसा गर्दै सम्मान गरिएको थियो ।

वैशाख १ गतेदेखि ४ गतेसम्म पथरी शनिश्चरे नगरपालिकाको सहयोग र कानेपोखरी मिडिया प्रालिको आयोजनामा सञ्चालन भएको तालीममा ३० प्रशिक्षार्थीहरुले सहभागीता जनाएका थिए भने वरिष्ठ पत्रकार महेन्द्र विष्ट, पथरी शनिश्चरे नगर सूचना संयोजक भुपेन्द्रराज तिम्सिना र पत्रकारिता विषयका सहायक प्राध्यापक केशव निरौलाले तालीमको सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै कानेपोखरी मिडिया प्रालिका अध्यक्ष दिनेश सुब्बाले लामो समयदेखी पत्रकारिता सम्बन्धि तालिमहरू सञ्चालन गर्दै आएपनि आवस्यकता अनुसार पत्रकार उत्पादन नभएको बताए । उनले भने, ‘यस तालीमबाट उत्पादितहरुले अब आउँने पत्रकारिताको युगलाई डोहोर्‍याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्