एमाले उर्लाबारी निर्वाचनमा होमियो, ३ हजार १ सय सदस्यीय निर्वाचन परिचालन कमिटी


उर्लाबारी ५ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेद्वारलाई विजयी गराउन पार्टी पंक्ति परिचालित भएको छ ।

उर्लाबारी नगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य पदमा पार्टीका उम्मेद्वारलाई विजयी गराउन आजदेखी पार्टी परिचालित भएको हो । एमाले उर्लाबारीले आज मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

    फायल फोटो

उक्त कमिटीमा संयोजक भुपाल जिमी, सह- संयोजक डिल्ली आपापागाईं र सचिवमा पुष्पलाल ढकाल रहनु भएको छ । पार्टीका स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा भएको नगर संयन्त्रको कार्यक्रममा नगर कमिटी , वडा कमिटी ,टोल कमिटी र पार्टी सदस्यहरु समेत गरी ३ हजार १ सय सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको उर्लाबारी नगर पार्टी अध्यक्ष गंगा बास्तोलाले जानकारी दिनुभएको छ ।

    फायल फोटो

प्रतिक्रिया दिनुहोस्