उर्लाबारी नगरमै एक फरक ‘संस्कार पाठशाला’ मन्टेश्वरी


उर्लाबारी, ५ बैशाख । मोरङको उर्लाबारी नगरपालिका – ७ पशुपतिमार्ग स्थित मुक्तिनाथ विकाश बैँक पछाडी उर्लाबारी नगरमै एक फरक खालको मन्टेश्वरी पाठशाला सञ्चालनमा आएको छ ।

‘संस्कारसहितको शिक्षा’ भन्ने उदघोषसहित ‘संस्कार पाठशाला’ नामको मन्टेश्वरी खुलेको हो । यस मन्टेश्वरी उर्लाबारी नगरमै फरक विशेषता भएको मन्टेश्वरी रहेको पाईएको छ । करिब अढाइ कट्ठा क्षेत्रफलमा मन्टेश्वरी सञ्चालनमा आएको हो । सो पाठशालामा प्ले ग्रुपदेखी युकेजीसम्म अध्यापन हुनेछ ।

बालबालिकालाई खेल्दै सिक्दै, संस्कारसहितको डिजिटल शिक्षा सो पाठशालाको विशेषता हो । एसीसहितको सुविधा सम्पन्न कक्षाकोठा, अडियो भिडियो कक्षा, मनोरञ्जन स्थलसहितको विशेषता सो पाठशालामा रहेको छ । शैक्षिक क्षेत्रमा लामो समयदेखी योगदान पुयाउँदै आउनुभएका यस भेगमा शैक्षिक ब्यक्तित्वहरुले सो पाठशाला सञ्चालनमा ल्याउनुभएको हो । अम्मरबहादुर काफ्ले, कुवेर न्या्रपाने, महेन्द्र खुलाल, पर्वत थापा र निरञ्जन कोईराला सो पाठशालाको संचालकमा रहनुभएको छ ।

सो पाठशाला एक केयर सेन्टरको रुपमा पनि विकाश गर्न लागिएको संचालक खुलालले बताउनुभयो । यहाँ गैर अभिभावकले आफ्ना छोराछोरीलाई एक दिन वा एक दिनभन्दा बढी दिनभर केयरको रुपमा राख्न पनि सकिने बताईएको छ । सो पाठशाला बिहान ७ देखी बेलुका साढे ५ बजेसम्म संचालनमा रहनेछ । सो पाठशालामा आफ्नै क्यान्टिनमा पोषणयुक्त खाजा र खाना विद्यार्थीलाई खुवाईनेछ ।

गुणस्तरिय शिक्षाले सु संस्कृत नागरिक वनाउन मद्दत गर्दछ, सुसंस्कृत नागरिकले सुसंस्कृत समाज निर्माण गर्दछ अनि सुसंस्कृत समाजले देशलाई सुमार्ग तिर लैजान्छ । शिक्षा हरेक मान्छेको मात्रै होइन समाज र देशकै मेरुदण्ड हो भन्ने उदेश्यका साथ सानैदेखी नेपाली संस्कारसहितको शिक्षा प्रदान गर्ने उदेश्य राखिएको छ । वालवालिकाको मनोविज्ञानलाई मध्यनजर गरेर उनीहरुलाई रुचिपूर्ण तवरले शिक्षण प्रदान गर्ने विद्यालयका संयोजक अर्जुन सुवेदीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्