को हुन् सञ्जीव बुढाथोकी ? जो मोरङ फुटबल संघको अध्यक्ष भए


उर्लाबारी । मोरङ जिल्ला फुटबल सङ्घ अध्यक्षमा सञ्जीव बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । मोरङको बेलबारीमा आइतबार सम्पन्न ७औँ चुनावी साधारणसभाबाट पूर्वखेलाडी तथा प्रशिक्षक बुढाथोकी अध्यक्ष चुनिएका हुन् । अध्यक्षसहित १५ जनाको कार्यसमिति चयन भएको निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता दुर्गाप्रसाद पोखरेलले जानकारी दिए ।

को हुन् अध्यक्ष बुढाथोकी ?

४३ वर्षीय अध्यक्ष बुढाथोकी मोरङको उर्लाबारी नगरपालिका मङ्गलबारेका हुन् । सानैबाट फुटबलमा रमाएका बुढाथोकीले व्यवसायिक रूपमा २०५९ सालबाट खेल जीवन अघि बढाएका थिए ।

उनले ए–डिभिजन खेल्नेक्रममा २०५९ बाट ०६२ सालसम्म न्युरोड टिम (एनआरटी)मा बिताए । तीनवर्षको समयपछि उनले २०६८ सालसम्म अर्को चार वर्ष थ्री स्टारमा आबद्ध भए ।

जहाँ, उनले थ्री स्टार क्लबको नेतृत्वदायी भूमिकासमेत बहन गरेका थिए । त्यसपछि उनी रानीपोखरी कर्नर टिम (आरसिटी)मा जोडिए । ए–डिभिजनपछि उनले आफ्नो फुटबल जीवन प्रशिक्षकतर्पm मोडे ।

प्रशिक्षकतर्फ उनले बी लाइसेन्स लिएका छन् । उनले ए–डिभिजन क्लब हिमालयन शेर्पा, मोरङ फुटबल क्लब, विराटनगर महानगरपालिकाको टोलीलगायतलाई प्रशिक्षण दिइसकेका छन् । उनले २०६७ मा विश्वकप छनोटका क्रममा ओमनविरुद्ध होम एन्ड अवे खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्