उर्लाबारी ३ काे वडाध्यक्षमा लिम्बूको उम्मेदवारी घाेषणा



उर्लाबारी, ४ वैशाख – आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उर्लाबारी ३ मा पदम लिम्बूले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । उर्लाबारी ३ चन्दने निवासी लिम्बूले वडाध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।

आज पत्रकार सम्मेलन गरि उनले वडाध्यक्षमा आफ्नो सशक्त उम्मेदवारी रहेको जनाए । वडाकाे विकास र समृद्धिका लागि आफू लागिपर्ने उनले जनाए । राजनीतिक दलप्रति जनतामा वितृष्णा पैदा भएकाेले आफू जित्नेमा ढुक्क रहेकाे उनकाे भनाइ छ ।

लामाे समय हङकङमा रहेर केही वर्षयता सामाजिक सेवामा समर्पित लिम्बू आगामी दिनमा जनप्रतिनिधि भएर वडाकाे विकासमा लागि पर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्