नयाँ वर्ष २०७९ को शुभकामना


 – दिलिप पोखरेल
दुर्गम भेगका झुपडीमुनी अन्नको अभाव भो भन्न नपरोस्…
वर्खा,बाढी पहिरोले नेपालीहरु घरबार विहिन बन्न नपरोस्…

छोरी चेलीहरु सुरक्षित बनुन् ..
अन्धकारमा समेत म एक्लै हिड्छु भनुन् ..।

विद्यालयबाट फर्कदा लुटिन परोस्..
चोकबाट फर्कदा कुटिन नपरोस्..।।

नागरिकताविहिन नेपालीले परिचय पाउन्
सीमामा बरु काडेँतार लाउन्
तर सीमामा रक्षक स्थानियहरुले तातो गोली नखाउन् ..।।

कृषी उत्पादनले खेतबारीमा हरियाली छावोस्..
स्थानिय उत्पादनले उपर्युक्त बजार पावोस्..
कृषकका छोराछोरीले पनि नयाँ सालमा नयाँनयाँ कपडा लावोस्..।।

विग्रदो अर्थतन्त्र फष्टाउदै जावोस्…
भ्रष्टचारीलाई अख्तियारले खावोस्..
देशभक्त, विकासप्रेमी र जनप्रिय जनप्रतिनिधीहरु हर स्थानिय तहले पावोस्..
जनता झुल्लाउने, राज्यको ढुकुटीमा रजाँइ गर्ने हर नेताहरु भाड मे जावोस्…।।

युवाहरु वेरोजगार भए भन्न नपरोस्..
निरुत्साहित भई विदेश पलायन हुन मेनपावर कम्पनीमा पैसो गन्न परोस्.।

लगानीमैत्री वातावरण बनाऔँ
भिजन हुनेहरुसँग सरकार्य गर्न सरकारलाई मनाऔँ

अनिवार्य श्रम गरि आत्मनिर्भर गर्न प्रेरित गरियोस्..
वृद्ध युवाहरुले मात्र चलाएको देशमा कम्तिमा एकपटक युवाहरुले गाउँ भरियोस् …।।

भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमा नेपालको आँच नगिरोस्
काँधमा जिम्मेबारी बोक्ने युवाहरुले हातमा हतियार नभिरोस्….।।

प्रतिक्रिया दिनुहोस्