उर्लाबारीमा वन डढेलो नियन्त्रण अभियान तीब्र


उर्लाबारी । गर्मीयाम र हुरीबताससँगै वन जंगलमा लाग्ने डढेलो नियन्त्रणका लागि मोरङमा अभियान नै चलाईएको छ । चैत पहिलो सातादेखी नै जिल्लाका सबै सामुदायिक वन तगा सकारी वनमा डढेलो नियन्त्रण अभियान चलाईएको हो ।

वन डिभिजन कार्यालय, विराटनगरले जिल्लाभरका सबै सव डिभिजन वन र सामुदायिक वनलाई डढेलो नियन्त्रणका लागि तिब्र रुपमा सक्रिय रहन आह्वान गरेको छ । स्थानीय वन सरोकारवाला, सुरक्षा निकाय, स्थानीय तह लगायत सरोकारवालालाई जिम्मेवारी दिँदै मोरङमा व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम संचालन भईरहेको वन कार्यालय, मोरङले जनाएको छ ।

यसैबीच मंगलबारे सवन डिभिजन वन कार्यालय, उर्लाबारीमा बसेको सामुदायिक वन, बिभिन्न संघसंस्था र सरोकारवालाको बैठकले डढेलो नियन्त्रणका लागि वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ । सो समितिको अध्यक्षमा वेतिनी सामुदायिक वनका कोषाध्यक्ष अर्जुन बाँस्तोला रहनुभएको छ । सो समितिमा उर्लाबारीका ८ वटा सामुदायिक वन रहेका छन् भने सदस्य सचिवमा मंगलबारे सव डिभिजन कार्यालयका सुवेदार टंकबहादुर विश्वकर्मा रहनुभएको छ । समितिले उर्लाबारीमा वन डढेलो नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्