दोस्रो रतुवामाई मेयर कपको उपाधि वडा नं. ७ ले जित्यो



रतुवामाई । मोरङको रतुवामाईमा सम्पन्न भएको दोश्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधि रतुवामाई वडा नम्बर ७ ले जितेको छ । उपाधिसहित रतुवामाई वडा नम्बर ७ ले १ लाख नगद तथा रनिङ्ग कप र प्रमाणपत्र प्राप्त गरेको छ ।

आज भएको फाइनल खेलमा रतुवामाई वडा नम्बर ६ लाई ट्राईबेकरमा ५–३ गोल अन्तरले हराउँदै रतुवामाई–७ ले उपाधि चुमेको हो । मेयर कपको उपबिजेता वडा नम्बर ६ ले ५१ हजार नगद तथा कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । खेल अवधिभर दुबै टिमले १–१ को बराबरी भएको थियो । त्यसपछि खेलको निर्णय ट्राईबेकर मार्फत निकालिएको आयोजकका सचिब सुजित जैसवालले जानकारी दिनुभयो ।

रतुवामाई नगरपालिका, नगर युवा तथा खेलकुद समितिको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता भएको थियो । खेलको समापन कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर रबिन राईले खेलकुद क्षेत्रको विकासमा सदैब लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्