उर्लाबारीको उपमेयरमा काँग्रेसबाट गोमा नेपालको चर्चा


उर्लाबारी, २६ चैत । आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उर्लाबारीमा दलहरु उम्मेद्वार चयनमा ब्यस्त रहेका छन् । मेयरदेखी वडा सदस्यसम्मका उम्मेद्वार चयनमा दलहरु लागिपरेका छन् ।

उर्लाबारीमा सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षण लगायत काममा जुटिरहेका छन् । चोक र चिया पसलमा निर्वाचनकै चर्चा हुन थालेको छ । चुनावी माहोलसँगै सम्भावित उम्मेदवारको चर्चा पनि हुन थालेको छ । संविधानमा स्थानीय तहको मेयर वा उपमेयर मध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ व्यवस्था रहेको छ ।

उर्लाबारी नगरपालिकाको उपमेयरमा काँग्रेस नेतृ गोमा नेपालको चर्चा देखिएको छ । नेपालले उम्मेद्वारी घोषणा नगरेपनि पार्टीभित्र उपमेयर पदमा नेपालको चर्चा पाईएको हो । उर्लाबारीका काँग्रेस कार्यकर्ताहरुले यसपटक उपमेयर पदमा नेपाललाई अघि सार्नुपर्ने बताउन थालेका छन् । २०४५ सालमा नेपाल बिद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएकी नेपाल हाल काँग्रेसको महाधिबेशन प्रतिनिधि तथा नेपाल महिला संघको क्षेत्रिय सभापति रहनुभएको छ ।

राजनीतिसँगै बिभिन्न सामाजिक संघसंस्था र सहकारी अभियान्ताको रुपमा परिचित रहनुभएकी नेपाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) को केन्द्रीय सदस्य समेत रहनुभएको छ । यहाँ उर्लाबारी – ७ स्थित नारी संकल्प साकोसको उपाध्यक्ष समेत रहनुभएको छ । पार्टीभित्र बौद्धिक ब्यक्तित्वको रुपमा चिनिनुभएकी नेपाल काँग्रेसबाट उर्लाबारी नगरपालिकाको उपमेयरमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्