एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी हस्तान्तरण


पथरीशनिश्चरे । एशियन लाइफ इन्स्योरेन्स पथरी शाखाले मृतक परिवारलाई दावी रकम भुक्तानी गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ स्थाई बसोवास गर्ने मृतक बीमित स्वः विष्णुकुमारी लिम्बुको छोरी नबिना शुब्बा लिम्बुलाई शाखाले शुक्रबार एक कार्यक्रम बिच हस्तान्त्रण गरेको हो ।

कार्यक्रममा दमक शाखाका शाखा प्रबन्धक शान्तिराम निरौला,पथरी कार्यालय प्रमुख रमेश प्रधान, वडा नम्बर ७ का वडा अध्यक्ष कपिल मणि ढकाल, सोहि वडाका वडा सदस्य मैना कुमारी लिम्बु लगायत अभिकर्ताहरुको उपस्थिति रहेको थियो । मृतक लिम्बुले एशियन लाइफ इन्स्योरेन्सको पथरी शाखावाट २०७५ साल कार्तिक ३० गते १५ लाखको २० वर्षे “जीवन संजीवनी“ बिमा योजना लिनु भएको थियो ।

अचानक मिति २०७८ साल माघ २८ गते स्वर्गरोहण भएपछि उक्त बिमा बापतको रकम रु १५ लाख र बोनस बापतको रु २ लाख ५८ हजार ७ सय ८९ रुपौयाँ समेत गरि जम्मा १७ लाख ५८ हजार ७ सय ८९ रुपौयाँ मृतककी छोरी नबिना शुब्बा लिम्बुले प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्