चुलाचुलीमा बैशाख १ देखी व्यक्तिगत घटना दर्ता सप्ताह मनाईने



इलाम, २४ चैत । इलामको चुलाचुली गाउँपालिकाले नयाँ वर्षको अवसर पारेर व्यक्तिगत घटना दर्ता सप्ताह गर्ने भएको छ । सबैले ब्यक्तिगत घटना दर्ता गरौं गराऔं , २०७९ बैशाख १ देखी देखि ७ गतेसम्म घटना दर्ता सप्ताह मनाऔं भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको हो ।

सप्ताहमा नागरिकहरुका जन्म, मृत्यु बसाईसराई , विवाह , सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गरिनुका साथैं योग्यता पुगेका सामाजिक सुरक्षा भत्ता लाभग्राहीले आफ्नो विवरण पेश गर्न सक्नुहुनेछ । यस सप्ताहको समयमा लोपोन्मुख , गर्भवती महिला, अशक्त , फरक क्षमता भएका नागरिकहरुलाई विषेश प्रथमिकताका आधारमा दर्ता अभियानमा सरिक गाराईने र ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि कुनैं गुनासो भएका सोको समेत दर्ता गर्न सकिने चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवाश श्रेष्ठले जानकारी दिनुभयो ।

यस कार्यका लागि नजिकैंको वडा कार्यालयहरु र गाउँपालिकाको पञ्जीकरण शाखामा नागरिकहरुले सम्पर्क राख्न सकिनेछ। यो अभियानले नागरिकको दैनिकी, सामाजिक अवस्था, सरकारले निर्माण गर्ने निति तथा कार्यक्रम ,बजेट, तथ्यांक, नागरिकहरुले पाउने सेवासुविधा लगायतको विषयहरुमा प्रत्यक्ष प्रभावपार्ने भएकाले यो अभियानमा कोहीपनि नछुटुन भन्ने मुख्य उदेश्यका साथ सरकारले देशव्यापी रुपमा सबैं स्थानिय तहमा सञ्चालन हुन लागेको समेत प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्