उर्लाबारी ५ मा एमालेबाट युवाको नेतृत्व, अध्यक्षमा संजिव सुबेदीको चर्चा


उर्लाबारी, २३ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकामा उम्मेदवारीका लागि युवाले दाबी गर्न थालेका छन् । समयानुकूल विकास र भ्रष्टाचार न्यूनीकरण गर्नका लागि आफूहरूलाई उम्मेदवार बनाउन युवाले दलका स्थानीय नेतृत्वलाई दबाब बढाएका छन् । उर्लाबारीमा रहेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी लगायतका दलमा युवाहरुले आफ्नो उम्मेद्वारीलाई दाबी गर्न थालेका छन् ।

उर्लाबारी वडा नम्बर ५ को वडाध्यक्षमा एमालेको वडा कमिटी अध्यक्ष समेत रहेका संजिव सुबेदीको चर्चा देखिएको छ । उर्लाबारी वडा नं. ५ लाई समृद्ध बनाउन अब युवाको नेतृत्व आवश्यक छ, सामाजिक न्यायका निम्ति वकालत, विकास, सुशासन र सामाजिक रूपान्तरणका लागि समतामूलक समाज निर्माण गर्न युवाको नेतृत्व हुनुपर्ने वडाबासीको धारणा छ ।

प्रबिधिको प्रयोग गर्न सक्ने शिक्षित वर्ग र भोलिको समाज रुपान्तरण गर्ने विकल्प नै युवाहरु रहेको स्थानीय सुजन चम्लागाई बताउँछन् । व्यवसायसँगै पार्टी राजनितिमा सक्रिय सुवेदी स्थानीय युवाहरुमाँझ पनि लोकप्रीय छन् । नजिकिंदै गरेको स्थानीय तहको निर्वाचनले गाउँ तथा शहरमा माहोल तात्दै छ । दलहरू उम्मेदवार छनोटमा जुटेका छन् । उर्लाबारीमा उम्मेद्वार छनोटको पक्रिया सुरु भएसँगै वडामा युवाको नेतृत्व बलियो बनाउनुपर्नेमा आवाज उठ्न थालेको छ ।

सर्वसाधारणलाई आइपर्ने समस्यामा हरसम्भव सहयोग गर्ने, विकास योजनाका कामलाई निरन्तरता दिने र पारिश्रमिकको पर्वाह नगर्ने युवा पुस्तालाई नेतृत्वमा ल्याउन उर्लाबारीमा दबाब बढेको छ । ‘अब परिवर्तन ल्याउने हो भने वडाको नेतृत्व युवालाई दिनुपर्छ,’ चौलागाईले भने – वडामा परिवर्तन ल्याउने हो भने नेतृत्व तहमै युवालाई पठाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्