उर्लाबारी–४ को वडाध्यक्षमा भाइटिका भट्टराईको चर्चा



उर्लाबारी, २३ चैत – भाइटिका भट्टराई, उर्लाबारीमा परिचित नाम हो । व्यवसाय र राजनीतिमा उत्तिकै सक्रिय उनी स्पष्टवक्ता हुन् । समाजमा चर्चामा रहने गरेका विषयवस्तुलाई सहज रुपमा फेस गर्न रुचाउँछन् उनी । नेकपा एकीकृत समाजवादी निकट युवा संघको केन्द्रीय सचिवालय सदस्य रहेका भाइटिका पार्टीमा माथिल्लो तहसम्म पहुँच राख्ने युवामा पर्छन् ।

यिनै युवा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उर्लाबारी वडा नं. ४ को वडाध्यक्षको बलियो दाबेदारका रुपमा प्रस्तुत भएका छन् । अन्य पार्टीका कार्यकर्ता र मतदातालाई पनि सजिलै प्रभावित पार्न सक्ने खुबी भएका भट्टराई पार्टीले उम्मेद्वार बनाएको खण्डमा पछि नहट्ने सोचमा छन् । हुन त पार्टीले टिकट नदिएपनि स्वतन्त्र उम्मेद्वारी दिन यहाँका युवाहरुले जोड गरिरहेका छन् तर उनले अहिलेसम्म यस विषयमा मुख खोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्