एमाले उर्लाबारीका नेता खरेललाई पत्नी शोक


उर्लाबारी, १९ पुस । नेकपा एमाले उर्लाबारीका नेता गंगा खरेललाई पत्नी शोक परेको छ । उर्लाबारी ७ निवासी नेकपा एमालेका जिल्ला प्रतिनिधि परिषद् सदस्य खरेलकी पत्नी गायत्री खरेलको ५८ वर्षको उमेरमा आज निधन भएको हो ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराएर घर ल्याउने क्रममा उहाँको निधन भएको हो । उहाँको एक छोरी सिर्जना अमेरिकामा रहेकाले उहाँ आएपछि दुई तीन दिनमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । खरेलको निधनप्रति नेकपा एमाले उर्लाबारीले दुख ब्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्