प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार गदाल


गौरादह, १९ पुस । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी झापाको ९ औँ जिल्ला अधिबेशनले अध्यक्षमा मनकुमार गदाललाई सर्वसम्मत निर्वाचित गरेको छ ।

गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा भएको अधिबेशनले चौतारी झापाको नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको हो । जिल्ला कमिटिको उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलम योञ्नन र कोषाध्यक्षमा सरोज चौलागाई निर्वाचित हुनुभयो । सदस्यहरुमा भुमिराज पराजुली, राजु पोख्रेल, मिना विश्वकर्मा,कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा, खगेन्द्र घिमिरे लगायत रहनुभएको छ ।

अधिबेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत,पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्