रेडस्टार माविको वार्षिकोत्सव, अभिभावक दिवस तथा अन्तर्राष्ट्रिय स्कुल अवार्ड सम्वन्धी कार्यक्रम


पथरीशनिश्चरे ,१९ चैत्र । मोरङ्गको पथरीशनिश्चरे नगरस्थित रेडस्टार माध्यमिक विद्यालयको २६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा अन्तर्राष्ट्रिय स्कूल अवार्डको बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

आज शनिबार  एक समारोहका बीच पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार  राईले उद्धाटन गर्नुभएको हो । प्रमुख अतिथि समेत रहनुभएका  मेयर दिलिप कुमार राईले  ब्रिटिश काउन्सिल अवार्डबाट पुरस्कृत भएको रेडस्टार माध्यमिक विद्यालयको थप शैक्षिक उन्नति शुभेच्छा प्रकट गर्दै  शिक्षाको व्यवहारिक र जिवनोपयोगी शैक्षिक कार्यक्रम चलाउदै अघि बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो।  विद्यार्थीहरूको सर्वांगीण शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको सदैव साथ सहयोग रहने बताउनुहुँदै नगरपालिकाले संचालन गरिरहेका कार्यक्रमहरूलाई अब आउने जनप्रतिनिधिहरुले समेत निरन्तरता दिन आग्रह गर्नुभएको थियो। ।
सोही कार्यक्रममा शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख शालिकराम काफ्लेले रेडस्टार माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै  सो विद्यालयले नगरमा “शैक्षिक हब” बनाउन  चालेको कदम बढाईरहन पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टी० एन० तिमिल्सिनाको सभापतित्व भएको उक्त कार्यक्रममा उपमेयर यमुना बिष्ट बास्तोलाको समेत उपस्थिति रहेको  थियो ।
उक्त अवसरमा   नेपाल शिक्षक महासंघ पथरीशनिश्चरेका अध्यक्ष तथा पञ्चायत माविका प्राचार्य   अर्जुनकुमार बुढाथोकी,  प्याब्सन केन्द्रीय कमिटिका सदस्य केदार खनाल , लगायतको उपस्थिति रहेको थियो। विद्यालयका सह–प्रधानध्यापक वसन्त मादेनले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कक्षा-२ का विद्यार्थीले राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेर स्वागत गरेको थिए ।

उक्त अवसरमा  कक्षा – नर्सरी देखि ९ सम्मका विभिन्न तहगत परिक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्नेहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने विभिन्न विधामा  पुरस्कृत भएको विद्यार्थीहरूलाई प्रमाण पत्र सहित सम्मान प्रकट गरिएको थियो ।
साना – साना नानीबाबुहरू तथा आधारभूत तहका विद्यार्थीले विभिन्न “रायम्सहरू” मा नृत्य प्रस्तुत गर्नुका साथै  सन्देशमूलक नाटकहरू प्रदर्शन गरेका थिए। सोही क्रममा विद्यालयका मिस-मेडमहरुले सुन्दर नृत्यले  प्रस्तुत गरेका थिए  भने। ” आमा नहुँदा  एक साँझ”  शीर्षकको नाटक मञ्चन गरिएको थियो । महेश पौडेलको लेखन,  वरिष्ठ रंगकर्मी तथा विद्यालयका नाट्य शिक्षक जीवन बरालको परिकल्पना रहेको सो नाटकको निर्देशन जीवन बराल तथा सुमन कुईकेल बरालले गर्नुभएको थियो।  सो नाटक शैंली थिएटर, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरको संयुक्त आयोजनामा भएको १३ औं राष्ट्रिय बालनाटक महोत्सव –२०७८ (भर्चुअल) मा सहभागी भई प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो।  उक्त नाटकमा अभिनय गर्ने  कलाकार विद्यार्थीहरू र नाट्य शिक्षक तथा वरिष्ठ रङ्गमञ्चकर्मी जीवन बराललाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्