अनुदानमा बितरण गरेको मिनी टिलरको अनुगमन


उर्लाबारी । उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नगरपालिकाले अनुदानमा बितरण गरेको मिनी टिलरको अनुगमन गर्नु भएको छ । अनुगमन समिति संयोजक समेत रहनुभएको भण्डारीले शनिबार मिनी टिलरको अनुगमन गर्नु भएको हो ।

अनुगमनका क्रममा उहाँले टिलरले कृषकलाई कृषि कार्य गर्न सहज र छिटो हुने बताउनु भएको छ । उहाले उर्लाबारीका विभिन्न वडाहरूमा धान पकेट, तोरी पकेट , तरकारी पकेट लगायतका पकेट बालीहरू संचालन भइरहेको जानकारी गराउनुु भएको छ ।

आर्थिक बर्ष ७८/८९ को कृषि तर्फको बजेटबाट नगर भित्रका १० वटा कृषक समूह, कृषि सहकारी र कृषि फर्म लाई उक्त टिलर बितरण गरिएको थियो । करिब ९०हजार बराबरको मिनी टिलर ७५ अनुदानमा बितरण गरिएको कृषि शाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्