उर्लाबारी ७ मा एमालेको बरगाछी टोल टोल कमिटी गठन


उर्लाबारी । नेकपा एमाले उर्लाबारीले टोल कमिटी गठन तीव्रताका साथ अघि बढाइरहेको छ । आज नेकपा एमाले उर्लाबारी वडा नम्बर ७ बरगाछी टोलमा टोल कमिटी गठन गरिएको छ रामप्रसाद गुरागाइको अध्यक्ष्यतामा ३३ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।
टोल कमिटीको उपाध्यक्षमा इन्दिरा कट्टेल आचार्य , सचिवमा चन्द्रप्रसाद गौतम, उपसचिवमा शंखर तामाङ र बिष्णुप्रसाद भट्टराई रहनुभएको छ । यस्तै सदस्यहरुमा कुमार राई, लक्ष्मी श्रेष्ठ, जिबन खड्क, जानुका खुलाल, रत्न बयलकोटी, रेग्मा थापा लगायत रहनुभएको छ ।कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोला, एमाले नेता गंगा खरेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
टोल कमिटी समायोजन समिति संयोजक निरोज तिम्सिनाको अध्यक्ष्ातामा भएको कार्यक्रममा नेकपा एमाले ७ नम्बर वडा कमिटी अध्यक्ष योगेश बस्नेतले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्